सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र ५, २०८३
|
|
३६९ पटक हेरिएको
Shares
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप

सारांश

  • राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।
  • राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिएपनि व्यवहारमा जनताले सास्ती मात्र पाएको दावी गर्नुभएकाे हाे।
  • उहाँले नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनकाे समयमा गरेका प्रतिवद्धताहरू केवल प्रचारबाजीमा सीमित भएको टिप्पणी गर्नुभयो ।

काठमाडाैं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिएपनि व्यवहारमा जनताले सास्ती मात्र पाएको दावी गर्नुभएकाे हाे। उहाँले नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनकाे समयमा गरेका प्रतिवद्धताहरू केवल प्रचारबाजीमा सीमित भएको टिप्पणी गर्नुभयो । सांसद विश्वकर्माले सरकारको कार्यकालमा मानवअधिकार र संविधानको उल्लङ्घनका घटना बढेको उल्लेख गर्नुएकाे छ।

सांसद विश्वकर्माले ११ जना सुकुम्बासीको मृत्यु, ५ जना युवाको आत्मदाह र जनताको उठिबास हुनुलाई ‘नयाँ सुशासन’ को संज्ञा दिँदै व्यङ्ग्य गर्नुभयो । उहाँले देशको अर्थतन्त्र धराशायी बनेको र मुख्य सूचक मानिने शेयर बजारको अवस्था निकै चिन्ताजनक रहेको बताउनुभएकाे छ। लगानीकर्तामा विश्वास जगाउन नसक्दा पूँजी पलायन शुरु भएको र यसले रोजगारी तथा राजश्वमा गम्भीर धक्का पुग्ने उहाँको भनाइ थियाे ।

सांसद विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउँदै देश प्रधानमन्त्री र उहाँको सचिवालयको सामाजिक सञ्जाल (स्ट्याटस) को भरमा चलेको टिप्पणी गर्नुभएकाे छ। सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै निश्चित प्रभुप्रति उत्तरदायी देखिएको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउन तयार नभएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं असफल भइसकेको दावी समेत गर्नुभएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो
विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस
आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस
जलविरेमा आयोजित  स्वास्थ्य शिविरमा  ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
जलविरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति

तपाईंले छुटाउनुभयो कि?