snamai single page

चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालको भेट, तातोपानी नाका खुलाउन जोड

डिजिटल चौतारी डिजिटल चौतारी
|
बिहिबार, मंसिर ३, २०८३
|
|
६.६K पटक हेरिएको
Shares
चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालको भेट, तातोपानी नाका खुलाउन जोड

सारांश

  • मंसिर ३- परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिनुभएको छ।
  • सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेकाे शिष्टाचार गर्नु भएकाे थियाे ।
  • त्यस अवशरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसग छलफल गर्नुभएको हाे ।

मंसिर ३- परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिनुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेकाे शिष्टाचार गर्नु भएकाे थियाे । त्यस अवशरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसग छलफल गर्नुभएको हाे ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको उहाँले बताउनुभयो।

‘तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो।त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ,’ परराष्ट्रमन्त्री खनालले भन्नुभयो ।

शिष्टाचार भेटमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिनुभएको थियो।

भेटवार्ताका क्रममा दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल-चीन सम्बन्ध तथा बहुपक्षीयतासहित आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
बीमा क्षेत्रमा NFRS-17 को झमेला: ‘प्रयोगशाला’ बनाइएको भन्दै कम्पनीहरूको आपत्ति
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

तपाईंले छुटाउनुभयो कि?