बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न

digitalchautari digitalchautari
|
बुधबार, भाद्र ३१, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न

सारांश

  • नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरु सगँ बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ ।
  • नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय ले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो ।
  • अन्तक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले नेपाल बीमा प्राधिकरणको परिचय , प्रमुख कार्यक्षेत्र , बीमाका प्रकार , बजारको अवस्था , बीमा प्रवद्र्धनका लागी गरिएको प्रयास र पत्रकार सगँ प्राधिरणको अपेक्षा लगायतको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशिल पत्रकारहरु सगँ बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधवार विराटनगरमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय ले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले नेपाल बीमा प्राधिकरणको परिचय , प्रमुख कार्यक्षेत्र , बीमाका प्रकार , बजारको अवस्था , बीमा प्रवद्र्धनका लागी गरिएको प्रयास र पत्रकार सगँ प्राधिरणको अपेक्षा लगायतको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारहरुले तथ्यपरक, आधिकारिक, सन्तुलित र जनहितमुखी बीमा सम्बन्धी गतिविधीलाई आम नागरिक माझमा पुयाँउनको लागी आग्रह गर्नुभयो । उहाँले बीमा सम्बन्धी सही र विश्वसनीय सूचना सर्वसाधारणसम्म पु¥याउन पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । समाचार तयार गर्दा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्ने, तथ्यांकको स्रोत र अवधि स्पष्ट उल्लेख गर्ने तथा दाबी, आरोप, प्रतिक्रिया र वास्तविक तथ्यलाई छुट्टाछुट्टै प्रस्तुत गर्नुपर्ने धारण राख्नुभयो । उहाँले बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणले बिमितकै हितलाई ध्यान दिएर काम गरिरहेको जानकारी दिनुभयो । आवश्यक सम्पूर्ण कागजात पुरा गरेर बीमा दावी भुक्तानी लिन जाँदा झन्झट बेहोर्नु नपर्ने भन्दै उहाँले केही समस्या भएमा समाधानका लागि प्राधिकरण तयार रहेको बताउनुभयो । उहाँले बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरण हो । प्राधिकरणले बीमा क्षेत्रका समस्या समाधानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा सो अन्तक्रिया कार्यक्रममा बताउनुभयो । सहभागीहरुले बीमा सम्बन्धी खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्नुपर्ने र आवश्यक मात्रामा बीमा का विषयमा जनचेतना मूलक सूचना सम्प्रेषण गनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा सहभागि पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का ले बीमा क्षेत्रका विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सहयोग र सहकार्य गर्न सञ्चार क्षेत्र तयार रहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ तथा नेपाल बीमा प्राधिकरण लगायतले बीमाको पहुँच विस्तार र यसको प्रभावकारिताबारे धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिरणका सहायक प्रथम मिलन पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी
जीवन बीमा व्यवसायमा उत्साहजनक वृद्धि, सावधिक बीमालेखको हिस्सा ४० प्रतिशतभन्दा बढी
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
मनोहरा किनारका  सुकुम्बासी घरटहरा हटाउन सुरु
मनोहरा किनारका सुकुम्बासी घरटहरा हटाउन सुरु
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
बेलायतद्वारा नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि शैक्षिक साझेदारी प्रस्ताव
बेलायतद्वारा नेपाली विद्यार्थीको हेरचाह र सुरक्षाका लागि शैक्षिक साझेदारी प्रस्ताव
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
एकपछि अर्को विपद्, संकटमा स्वदेशी बीमा तथा पुनर्बीमा कम्पनी
एकपछि अर्को विपद्, संकटमा स्वदेशी बीमा तथा पुनर्बीमा कम्पनी
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र

तपाईंले छुटाउनुभयो कि?