निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?

digitalchautari digitalchautari
|
आइतबार, आश्विन ४, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?

सारांश

  • निर्जीवन बीमा कम्पनीहरूको शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ ।
  • चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीका साधारण शेयरमा ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।
  • नेपाल बीमा प्राधिकरणका अनुसार यो लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीका साधारण शेयरमा ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार यो लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.७४ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले शेयर बजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ लगानी गरेका थिए ।

बजारमा लगानी विस्तार गर्ने कम्पनीमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडि देखिएका छन् । राष्ट्रिय बीमा कम्पनीले सूचीकृत कम्पनीहरूको साधारण शेयरमा ७९ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा यसको शेयर लगानीमा उल्लेख्य वृद्धि देखिएको छैन ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७७ करोड ३६ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । कम्पनीको यस्तो लगानी गत वर्षको तुलनामा ५४.३० प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

तेस्रो त्रैमाससम्म नेको इन्स्योरेन्सले ६२ करोड ४९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५८ करोड ५५ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४९ करोड ७२ लाख रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेका छन् ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ४७ करोड १५ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।

नेपाल इन्स्योरेन्सले ३३ करोड ५९ लाख रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सले २१ करोड ३० लाख रुपैयाँ बराबरको लगानी शेयर बजारमा गरेका छन् ।

तर सबै निर्जीवन बीमा कम्पनीको शेयर लगानी भने बढेको छैन । सानिमा जीआईसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर बजारमा गरेको लगानी घटाएका छन् ।

समग्रमा हेर्दा निर्जीवन बीमा कम्पनीहरूले आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्दै सूचीकृत शेयरलाई पनि लगानीको महत्वपूर्ण क्षेत्रका रूपमा प्रयोग गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा व्यवसायको क्षेत्रगत लगानी विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
थापाथलीपछि सिनामंगलमा पनि डोजर: सुकुम्बासी बस्ती हटाउने अभियान जारी
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा
कर्मचारी प्रशासनमा फेरबदल : ५२ उपसचिव र शाखा अधिकृत सरुवा
तिहारलाई विशेष बनाउन रामादा होटलको आकर्षक फेस्टिभ प्याकेज, प्रतिजोडी ८ हजार रुपैयाँमै एक रात बसाइ
तिहारलाई विशेष बनाउन रामादा होटलको आकर्षक फेस्टिभ प्याकेज, प्रतिजोडी ८ हजार रुपैयाँमै एक रात बसाइ
१७ चिकित्सकको दर्ता खारेज, विदेशी नागरिकता लिएको पुष्टि
१७ चिकित्सकको दर्ता खारेज, विदेशी नागरिकता लिएको पुष्टि
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन
सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो

तपाईंले छुटाउनुभयो कि?