तिहारलाई विशेष बनाउन रामादा होटलको आकर्षक फेस्टिभ प्याकेज, प्रतिजोडी ८ हजार रुपैयाँमै एक रात बसाइ
सारांश
- तिहार पर्वलाई विशेष र स्मरणीय बनाउन काठमाडौंस्थित रामादा बाई विन्डह्याम होटलले आकर्षक फेस्टिभ प्याकेज सार्वजनिक गरेको छ।
- होटलले प्रतिजोडी ८ हजार रुपैयाँ (नेट) मा एक रातको बसाइदेखि खानपान र मनोरञ्जनका सुविधासहितको विशेष प्याकेज ल्याएको हो।
- होटलले सार्वजनिक गरेको प्याकेजमा स्वागत पेय (फेस्टिभ वेलकम ड्रिंक), सुपेरियर रुममा एक रातको बसाइ, बुफे ब्रेकफास्ट तथा स्विमिङ पुल र जिमको निःशुल्क प्रयोग गर्न पाइने सुविधा समावेश गरिएको छ।
काठमाडौं । तिहार पर्वलाई विशेष र स्मरणीय बनाउन काठमाडौंस्थित रामादा बाई विन्डह्याम होटलले आकर्षक फेस्टिभ प्याकेज सार्वजनिक गरेको छ।
होटलले प्रतिजोडी ८ हजार रुपैयाँ (नेट) मा एक रातको बसाइदेखि खानपान र मनोरञ्जनका सुविधासहितको विशेष प्याकेज ल्याएको हो।
होटलले सार्वजनिक गरेको प्याकेजमा स्वागत पेय (फेस्टिभ वेलकम ड्रिंक), सुपेरियर रुममा एक रातको बसाइ, बुफे ब्रेकफास्ट तथा स्विमिङ पुल र जिमको निःशुल्क प्रयोग गर्न पाइने सुविधा समावेश गरिएको छ।
त्यसैगरी, प्याकेजमा सहभागी हुने ग्राहकले फुड एन्ड बेभरेज तथा स्पा र लन्ड्री सेवामा १५ प्रतिशत छुटसमेत पाउनेछन्। होटलले उपलब्धताका आधारमा छिटो चेक-इन र ढिलो चेक-आउटको सुविधा पनि दिने जनाएको छ।
तिहारको रमाइलो माहोलमा परिवार, जोडी तथा आफन्तसँग विशेष समय बिताउन चाहने ग्राहकलाई लक्षित गरी होटलले उक्त प्याकेज ल्याएको हो।
होटलको यो प्याकेजले चाडपर्वको समयमा होटलमा बसेर रमाइलो गर्ने तथा घुमफिरको अनुभव लिन चाहनेहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया