सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २८, २०८३
|
|
२४७ पटक हेरिएको
Shares
सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति

सारांश

  • शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ।
  • सिराहामा शनिबार उहाँ सहभागी कार्यक्रममा होहल्लासँगै आक्रोश प्रकट भएपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिनुभएकाे हाे ।
  • अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ।

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएकाे छ।

सिराहामा शनिबार उहाँ सहभागी कार्यक्रममा होहल्लासँगै आक्रोश प्रकट भएपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिनुभएकाे हाे । अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ।

उहाँले भन्नुभयाे,-‘शनिबार सिराहा र सप्तरीमा १ सय जना भन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरै भन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ। तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

शिक्षामन्त्री पोखरेलले घटनाको एक मिनेट भन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बंग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास दावी गर्नुभयाे। घटनापछि पनि सिराहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उहाँकाे जिकिर छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
पुँजी बजारमा सरकारको ‘ठूलो दाउ’, २१ बुँदे योजनाले लगानीकर्तामा बढायो उत्साह
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकार विधेयक पारित
लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकार विधेयक पारित
बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै महिला, बालबालिका मन्त्रालय, सातै प्रदेशमा परामर्श कार्यक्रम
बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै महिला, बालबालिका मन्त्रालय, सातै प्रदेशमा परामर्श कार्यक्रम
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?