संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न

digitalchautari digitalchautari
|
शनिबार, आश्विन ३, २०८३
|
|
१K पटक हेरिएको
Shares
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न

सारांश

  • संविधान दिवसको अवसरमा इन्द्रावती गाउँपालिकाले माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
  • गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
  • कार्यक्रमअन्तर्गत माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो।

सिन्धुपाल्चोक । संविधान दिवसको अवसरमा इन्द्रावती गाउँपालिकाले माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले संविधान, लोकतन्त्र, नागरिक अधिकार तथा राष्ट्र निर्माणमा युवाको भूमिकालगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
त्यसैगरी, गाउँपालिका कार्यालय नजिकै रहेको भृकुटी पार्कमा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले पार्क तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै सार्वजनिक स्थल स्वच्छ र सुन्दर राख्नुपर्ने सन्देश दिएका थिए।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीमा संवैधानिक चेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक स्थलको संरक्षण र सरसफाइप्रति सामूहिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी भई सरसफाइ अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति इन्द्रावती गाउँपालिका परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभा जाने टोली स्वीकृत
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभा जाने टोली स्वीकृत
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा

तपाईंले छुटाउनुभयो कि?