सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट

digitalchautari digitalchautari
|
शुक्रबार, कार्तिक २०, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट

सारांश

  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ।
  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष, खुद बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानी र कर्जाबाट प्राप्त आम्दानीमा वृद्धि भएको हो।
  • समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २३.

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष, खुद बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानी र कर्जाबाट प्राप्त आम्दानीमा वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढेर ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म उक्त कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २१.२८ प्रतिशतले वृद्धि भई तीन अर्ब ५४ करोड आठ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीले लगानी तथा कर्जाबाट प्राप्त गर्ने आम्दानीमा पनि ५.८३ प्रतिशतको वृद्धि गरेको छ। यस्तो आम्दानी बढेर ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कुल आम्दानी १७.५५ प्रतिशतले वृद्धि भई चार अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, कम्पनीको कुल खर्च पनि १९.१८ प्रतिशतले बढेर चार अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ। विपत्ति कोषमा २.०९ प्रतिशत तथा जगेडा र सञ्चित आम्दानीमा ११.७८ प्रतिशतको वृद्धि देखिएको छ।

यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड सात लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अभिकर्ता कमिसन खर्च ३२.०७ प्रतिशतले वृद्धि भई २८ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।

अधिकांश वित्तीय सूचकमा सुधार देखिए पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १५.९५ प्रतिशत कम अर्थात् १० करोड २९ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ९.७८ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा घटेर ८.२२ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको विकासको  नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
मेलम्चीको विकासको नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सुदूरपश्चिममा टुक्रे योजनाको विकृति, ४८८ मध्ये ४८४ योजना १० लाखमुनि
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ पोखरामा सम्पन्न
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ पोखरामा सम्पन्न
इन्द्रावती–५ मा महिलालाई  साडी वितरण हुँदै
इन्द्रावती–५ मा महिलालाई साडी वितरण हुँदै
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
उद्योगी शेखर गोल्छा पक्राउ
उद्योगी शेखर गोल्छा पक्राउ
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

तपाईंले छुटाउनुभयो कि?