निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी

digitalchautari digitalchautari
|
शनिबार, बैशाख १२, २०८३
|
|
३४९ पटक हेरिएको
Shares
निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी

सारांश

  • सरकारले निजामती सेवामा राजनीतिक दलसँग आबद्ध कर्मचारी ट्रेड युनियन हटाउने प्रस्तावसहित नयाँ संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदामा ट्रेड युनियनको सट्टा कर्मचारीका गुनासो सुन्न प्रभावकारी संयन्त्र बनाउने व्यवस्था प्रस्ताव गरिएको छ।
  • मन्त्री प्रतिभा रावलका अनुसार निजामती कर्मचारीले राजनीतिक दल वा तिनका भ्रातृ संगठनको सदस्यता लिन नपाउने व्यवस्था गरिएको छ।

काठमाडौं । सरकारले निजामती सेवामा राजनीतिक दलसँग आबद्ध कर्मचारी ट्रेड युनियन हटाउने प्रस्तावसहित नयाँ संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदामा ट्रेड युनियनको सट्टा कर्मचारीका गुनासो सुन्न प्रभावकारी संयन्त्र बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। मन्त्री प्रतिभा रावलका अनुसार निजामती कर्मचारीले राजनीतिक दल वा तिनका भ्रातृ संगठनको सदस्यता लिन नपाउने व्यवस्था गरिएको छ।

मस्यौदामा राजनीतिक गतिविधिमा संलग्न भएको प्रमाणित भए कर्मचारीलाई बर्खास्त गरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, निजामती कर्मचारीको सेवा अवधि ६० वर्षसम्म रहने र सचिवको पदावधि दुई वर्ष रहने उल्लेख छ। कार्यदक्षताका आधारमा सरकारले सचिवको कार्यकाल एक वर्षसम्म थप गर्न सक्नेछ।

कर्मचारीलाई बढुवाका लागि दुर्गम क्षेत्रमा काम गरेको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भएर सेवा दिएको हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

मस्यौदामा अवकाशपछि दुई वर्षको ‘कुलिङ पिरियड’ कायम राखिएको छ। यस अवधिमा उच्च पदबाट अवकाश लिएका कर्मचारीले कुनै राजनीतिक वा संवैधानिक पदमा नियुक्ति पाउन नपाउने व्यवस्था गरिएको छ।

मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै सुधारका लागि सुझावसमेत आह्वान गरेको छ।
https://docs.google.com/document/d/1tVeQmxMLJcPi34tPVwYLJH2LrRhVlhNaMbfYfewxOhc/edit?usp=sharing

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफ क्लबले जित्याे
प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफ क्लबले जित्याे
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
सानिमा बैंकद्वारा लाभांश घोषणा: साधारण सेयरमा १० र अग्राधिकारमा ८.२५ प्रतिशत नगद लाभांश
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै

तपाईंले छुटाउनुभयो कि?