एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

digitalchautari digitalchautari
|
मंगलबार, कार्तिक १७, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

सारांश

  • नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र सहज बनाउने उद्देश्यसहित ग्यास उद्योगहरू एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।
  • निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उपभोक्ताको हित प्रवर्द्धन गर्नुका साथै ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति अघि सारिएको हो।
  • यसका लागि निगमले सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणसम्बन्धी कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र सहज बनाउने उद्देश्यसहित ग्यास उद्योगहरू एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उपभोक्ताको हित प्रवर्द्धन गर्नुका साथै ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति अघि सारिएको हो।

यसका लागि निगमले सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणसम्बन्धी कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

निगमको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा एलपी ग्यासको बिक्री वितरण सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीतिलाई निरन्तरता दिने उल्लेख छ।

सोही नीतिअनुसार निगमले उद्योगहरूलाई पत्र पठाएर एकीकरणका लागि आवश्यक कार्ययोजना बनाउन र गाभ्ने प्रक्रियालाई प्रोत्साहन गर्दै अघि बढ्न निर्देशन दिएको हो।

ग्यास उद्योगको एकीकरणबाट बिक्री वितरण प्रणाली व्यवस्थित हुने, आपूर्ति व्यवस्थापन सहज बन्ने तथा उपभोक्ताले गुणस्तरीय सेवा प्राप्त गर्ने निगमको अपेक्षा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ
प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
इन्द्रावतीमा बजार अनुगमन तीव्र, ८० हजारका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट
इन्द्रावतीमा बजार अनुगमन तीव्र, ८० हजारका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
दशैंअघि राष्ट्र बैंकको नयाँ व्यवस्था : अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँ
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक

तपाईंले छुटाउनुभयो कि?