माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा

digitalchautari digitalchautari
|
शनिबार, श्रावण २३, २०८३
|
|
९२६ पटक हेरिएको
Shares
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा

सारांश

  • माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्ममा ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।
  • कम्पनीका अनुसार विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि तथा वित्तीय खर्चमा आएको कमीले नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्ममा ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।

कम्पनीका अनुसार विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि तथा वित्तीय खर्चमा आएको कमीले नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २३.३४ प्रतिशतले बढेर ४३ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३०।३४ प्रतिशत र सञ्चालन मुनाफा ५१.१३ प्रतिशतले वृद्धि भएको छ।

यता, कम्पनीको वित्तीय खर्च भने २१.४० प्रतिशतले घटेको छ। वित्तीय खर्चमा आएको कमी र सञ्चालन आम्दानीमा भएको सुधारले कम्पनीको समग्र नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।

नाफामा फर्किएसँगै कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० समेत धनात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ६८ पैसा ऋणात्मक रहेको ईपीएस गत आर्थिक वर्षको अन्त्यसम्म ११ रुपैयाँ १३ पैसा पुगेको छ।

गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५७ पैसा कायम भएको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

विद्युत् बिक्री आम्दानीमा वृद्धि, सञ्चालन मुनाफामा सुधार र वित्तीय खर्चमा कमी आएपछि माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो
विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो
सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन
सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन
​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता
​‘आज साँझ चुल्हो बल्छ कि बल्दैन?’: बालाजुको तातो सडकमा रित्तो सिलिन्डर र नागरिकको विवशता
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
तीन दशक बैंकिङ क्षेत्रमा बिताएका थापा बीमा प्राधिकरणको नेतृत्वमा
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

तपाईंले छुटाउनुभयो कि?