ओझेलमा ऐतिहासिक थानाभञ्ज्याङ गढी : नेपाल एकीकरणको साक्षी संरक्षण र पर्यटन प्रवर्द्धनको पर्खाइमा

digitalchautari digitalchautari
|
शुक्रबार, कार्तिक २०, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
ओझेलमा ऐतिहासिक थानाभञ्ज्याङ गढी : नेपाल एकीकरणको साक्षी संरक्षण र पर्यटन प्रवर्द्धनको पर्खाइमा

सारांश

  • नेपाल एकीकरणको इतिहाससँग जोडिएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित ऐतिहासिक थानाभञ्ज्याङ गढी संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
  • ऐतिहासिक महत्व बोकेको यस गढीको उचित संरक्षण, पुरातात्त्विक अध्ययन र पर्यटन प्रवर्द्धन हुन नसक्दा महत्वपूर्ण सम्पदा गुम्ने जोखिम बढ्दै गएको छ।
  • स्थानीय जनश्रुतिअनुसार नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका प्रवेश गर्ने तथा उत्तरी नाकाहरूमा निगरानी राख्ने रणनीतिअन्तर्गत यस क्षेत्रमा सैनिक चौकी स्थापना गरेका थिए।

सिन्धुपाल्चोक । नेपाल एकीकरणको इतिहाससँग जोडिएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित ऐतिहासिक थानाभञ्ज्याङ गढी संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। ऐतिहासिक महत्व बोकेको यस गढीको उचित संरक्षण, पुरातात्त्विक अध्ययन र पर्यटन प्रवर्द्धन हुन नसक्दा महत्वपूर्ण सम्पदा गुम्ने जोखिम बढ्दै गएको छ।
स्थानीय जनश्रुतिअनुसार नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका प्रवेश गर्ने तथा उत्तरी नाकाहरूमा निगरानी राख्ने रणनीतिअन्तर्गत यस क्षेत्रमा सैनिक चौकी स्थापना गरेका थिए। तत्कालीन समयमा भोट (तिब्बत) सँगको व्यापारिक मार्गको सुरक्षा र सैनिक गतिविधिको निगरानीका लागि यो क्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण रहेको स्थानीयको भनाइ छ।
सैनिक अड्डा वा ‘थान’ राखिएको भञ्ज्याङ भएकाले यस ठाउँको नाम थानाभञ्ज्याङ रहन गएको स्थानीयवासी बताउँछन्। अहिले पनि यहाँ पुराना गढी, किल्ला तथा पर्खालका भग्नावशेष देख्न सकिन्छ। तर संरक्षण र अध्ययनको अभावमा ती ऐतिहासिक अवशेष क्रमशः जीर्ण बन्दै गएका छन्।
इन्द्रावती र मेलम्ची उपत्यकाको काखमा रहेको थानाभञ्ज्याङ गढी ऐतिहासिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यका हिसाबले पनि आकर्षक छ। गढी क्षेत्रबाट वरपरका पहाड, उपत्यका तथा हिमाली शृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। ऐतिहासिक महत्व, प्राकृतिक सुन्दरता र पदयात्राको सम्भावनालाई जोड्न सके यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।यस क्षेत्रको ऐतिहासिक पहिचानसँग जोडिएको श्री थानाभञ्ज्याङ आधारभूत विद्यालयसमेत यही क्षेत्रमा सञ्चालनमा छ। विद्यालय, ग्रामीण बस्ती र ऐतिहासिक गढीलाई एकीकृत गरी स्थानीय इतिहास, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको स्थानीय बताउँछन्।
इतिहासलाई पर्यटनसँग जोड्नुपर्ने स्थानीयको माग
ऐतिहासिक महत्व बोकेको गढी संरक्षण र प्रवर्द्धनका लागि स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले तत्काल पुरातात्त्विक अध्ययन गरी गढीमा रहेका पुराना किल्ला, पर्खाल तथा अन्य भग्नावशेषको संरक्षण गर्नुपर्ने माग गरेका छन्।
स्थानीय अनिलकुमार थापाले गढीलाई बाह्रै महिना पर्यटक पुग्न सक्ने गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार गढीसम्म पुग्ने सहज बाटो, सिँढी, पदमार्ग तथा विश्रामस्थल निर्माण गर्न सके पर्यटकको आकर्षण बढाउन सकिन्छ।
“ऐतिहासिक महत्व बोकेको ठाउँ भएर पनि अहिले आवश्यक संरक्षण र प्रचारप्रसार हुन सकेको छैन। गढीसम्म पुग्ने बाटो, सिँढीलगायतका संरचना निर्माण गरेर व्यवस्थित गर्न सके यहाँ पर्यटक आकर्षित गर्न सकिन्छ,” थापाले भन्नुभयो।
त्यस्तै स्थानीय फुलमाया तामाङले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँग जोडिएका ऐतिहासिक पक्षको खोज तथा संरक्षण गर्दै थानाभञ्ज्याङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो।पुराना इतिहास र त्यससँग जोडिएका भौतिक संरचनाको संरक्षण गर्नु विगतलाई जोगाउनु मात्र नभई नयाँ पुस्तालाई आफ्नो इतिहास चिनाउने महत्वपूर्ण माध्यमसमेत भएको उहाँको भनाइ छ।
“पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि गरेका पुराना प्रयास र त्यससँग जोडिएको इतिहासलाई संरक्षण गरेर यो क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिन्छ,” तामाङले भन्नुभयो।
राजधानी नजिकै हाइकिङ ट्रेलको सम्भावना
काठमाडौं उपत्यकाबाट तुलनात्मक रूपमा छोटो दूरीमा पुग्न सकिने थानाभञ्ज्याङलाई आसपासका ऐतिहासिक तथा प्राकृतिक स्थलसँग जोडेर पर्यटकीय हाइकिङ ट्रेलका रूपमा विकास गर्न सकिने सम्भावना छ।
ऐतिहासिक गढी, ग्रामीण बस्ती, प्राकृतिक दृश्य, हिमाली शृङ्खला र स्थानीय संस्कृति अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई एकदिने तथा छोटो दूरीको पदयात्रा गन्तव्य बनाउन सकिने स्थानीयको भनाइ छगढी परिसरमा ऐतिहासिक जानकारीसहितका सूचना पाटी राख्ने, नेपाल एकीकरण अभियानसँग यसको सम्बन्धबारे विवरण प्रस्तुत गर्ने, पुराना संरचनाको संरक्षण गर्ने तथा पर्यटकका लागि आवश्यक विश्रामस्थल निर्माण गर्नुपर्ने मागसमेत उठेको छ।
नयाँ पुस्तालाई स्थानीय इतिहाससँग जोड्ने अवसर
स्थानीयवासीले थानाभञ्ज्याङ गढीको इतिहासलाई स्थानीय पाठ्यक्रममा समेटेर विद्यालय तहदेखि नै अध्ययन–अध्यापन गराउनुपर्ने मागसमेत गरेका छन्। यसबाट विद्यार्थीले आफ्नै गाउँठाउँको इतिहास, संस्कृति र सम्पदाबारे जानकारी पाउनुका साथै संरक्षणप्रति जिम्मेवार बन्ने अपेक्षा गरिएको छ।
गढीका भग्नावशेषको वैज्ञानिक अध्ययन, अभिलेखीकरण र संरक्षण गर्न सके थानाभञ्ज्याङलाई सिन्धुपाल्चोककै महत्वपूर्ण ऐतिहासिक सम्पदाका रूपमा स्थापित गर्न सकिने सम्भावना छ।
मेलम्ची नगरपालिका–४ मा अवस्थित थानाभञ्ज्याङ गढी एउटा पुरानो भग्नावशेष मात्र होइन, स्थानीय इतिहास, स्मृति र पहिचानसँग जोडिएको सम्पदा पनि हो। समयमै यसको खोज, अध्ययन, संरक्षण र प्रचारप्रसार गर्न सके इतिहासलाई पर्यटनसँग जोड्दै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरसमेत सिर्जना गर्न सकिने देखिन्छ।थानाभञ्ज्याङ गढीको संरक्षण र प्रवर्द्धनले मेलम्चीको पर्यटनमा नयाँ गन्तव्य थप्नुका साथै सिन्धुपाल्चोकको ऐतिहासिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने स्थानीयको अपेक्षा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा असोज १२ गते, लाभांश अनुमोदन गरिँदै
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा असोज १२ गते, लाभांश अनुमोदन गरिँदै
सुस्ता घटनाबारे हर्कराज राईको सरकारसँग जवाफ माग
सुस्ता घटनाबारे हर्कराज राईको सरकारसँग जवाफ माग
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
चक्रपथले फेर्ने नयाँ रूप : दोस्रो चरणको विस्तार सम्झौता सम्पन्न
चक्रपथले फेर्ने नयाँ रूप : दोस्रो चरणको विस्तार सम्झौता सम्पन्न
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
अर्थमन्त्री वाग्लेको आह्वान : ‘प्रवासी नेपालीले नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’
अर्थमन्त्री वाग्लेको आह्वान : ‘प्रवासी नेपालीले नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’

तपाईंले छुटाउनुभयो कि?