विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो

digitalchautari digitalchautari
|
सोमबार, भाद्र १५, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
विपद् पर्खेर बस्ने प्रवृत्ति अन्त्य गरौँ, अगावै पूर्वतयारीमा जुटौँ: अध्यक्ष ह्योल्मो

सारांश

  • ​‘मेलम्ची सुरुङमा लेदो भरिने र काठमाडौंको पानी आपूर्ति ठप्प हुने जोखिम’ ​ काठमाडौं ।
  • जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढेको भन्दै विपद् आइसकेपछि उद्धार र राहतमा जुट्नुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी, वैज्ञानिक अध्ययन र जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्ने माग गरिएको छ।
  • ​हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हालै रसुवामा भएको विपद् र विगतमा हेलम्बु-मेलम्ची क्षेत्रमा आएको बाढी-पहिरोबाट पाठ सिक्दै राज्यले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

​‘मेलम्ची सुरुङमा लेदो भरिने र काठमाडौंको पानी आपूर्ति ठप्प हुने जोखिम’
​
काठमाडौं ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढेको भन्दै विपद् आइसकेपछि उद्धार र राहतमा जुट्नुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी, वैज्ञानिक अध्ययन र जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्ने माग गरिएको छ।
​हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हालै रसुवामा भएको विपद् र विगतमा हेलम्बु-मेलम्ची क्षेत्रमा आएको बाढी-पहिरोबाट पाठ सिक्दै राज्यले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। सामान्य अवस्थामा जोखिम न्यूनीकरणलाई बेवास्ता गर्ने र घटना घटेपछि मात्र सक्रिय हुने प्रवृत्तिको अब अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।
​विशेषगरी भेमाथाङभन्दा माथिल्लो क्षेत्रमा रहेका ग्लेसियर तथा हिमतालमा जोखिम बढ्दै गएकाले सम्भावित हिमपहिरो, बाढी वा हिमताल विस्फोटन भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
​यसका साथै, विपद्को ठूलो प्रभाव मेलम्ची खानेपानी आयोजनामा पर्न सक्ने भन्दै अध्यक्ष ह्योल्मोले गम्भीर चिन्ता व्यक्त गरे। बाढी र हिमपहिरोसँगै आउने लेदो तथा मलबा (ढेर) सुरुङभित्र प्रवेश गरेमा सुरुङ लामो दूरीसम्म पुरिने र यसले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा दीर्घकालीन सङ्कट ल्याउन सक्ने उनले बताए।
​”विपद् आएपछि पुनर्निर्माणमा ठूलो रकम खर्चनुभन्दा अगावै सुरक्षित संरचना निर्माण गर्नु र अध्ययनमा लगानी गर्नु बुद्धिमानी हुन्छ,” अध्यक्ष ह्योल्मोले भने, “यस विषयलाई केवल बहस र भाषणमा सीमित नराखी संघीय सरकारले तत्काल भेमाथाङ र मेलम्चीको माथिल्लो मुहान क्षेत्रको विस्तृत वैज्ञानिक अध्ययन गरी ठोस कदम चालोस्।”
​उनले विपद् आउनुअघि नै गरिने आजको पूर्वतयारीले भोलिको ठूलो धनजनको क्षति रोक्न सक्ने भन्दै सबैलाई सचेत र सुरक्षित रहन अपिलसमेत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
कम्युनिष्ट आन्दोलन ७७ वर्षमा: आत्मसमीक्षा गर्दै पुनर्गठनको तयारी
कम्युनिष्ट आन्दोलन ७७ वर्षमा: आत्मसमीक्षा गर्दै पुनर्गठनको तयारी
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा राँके जुलुस
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित

तपाईंले छुटाउनुभयो कि?