न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २१, २०८३
|
|
२९९ पटक हेरिएको
Shares
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

सारांश

  • अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ ।
  • एकदिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो ।
  • नेपालले यसअघि तास्मिनियासँग दुई विकेट र दक्षिण अष्ट्रेलियासँग एक सय ३८ रनको हार व्यहोरेको थियो ।

काठमाडाैं । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ । एकदिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो ।

नेपालले यसअघि तास्मिनियासँग दुई विकेट र दक्षिण अष्ट्रेलियासँग एक सय ३८ रनको हार व्यहोरेको थियो । आज भएको अन्तिम खेलमा डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ‘ए’को पारी निर्धारित ५० ओभरमा दुई सय ११ रनमा समेटियो ।

नेपालका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रन बनाए । यस्तै, लोकेश बमले ६४ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए । कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० र विपिन खत्रीले १२ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्ड ‘ए’का लागि म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए । दुई सय १२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्ड ‘ए’ ४९ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर विजयी भयो । न्युजिल्यान्ड ‘ए’का लागि राइस मारिउले शतकीय पारी खेले । उनले १३४ बलमा १६ चौका र तीन छक्कासहित १३७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई दुई तथा विपिन खत्री र पवन सर्राफले एक एक विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
‘टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’
‘टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’
कांग्रेसको विशेष महाधिवेशन विवादमा सर्वोच्चको नयाँ मोड
कांग्रेसको विशेष महाधिवेशन विवादमा सर्वोच्चको नयाँ मोड
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
रुपक कोइरालालाई दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप

तपाईंले छुटाउनुभयो कि?