विदेशमा हुँदा जीवन बीमालेख परिपक्व भए के गर्ने ?

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र ११, २०८३
|
|
५११ पटक हेरिएको
Shares
विदेशमा हुँदा जीवन बीमालेख परिपक्व भए के गर्ने ?

सारांश

  • वैदेशिक रोजगारी वा अन्य कारणले केही वर्षका लागि विदेशमा रहेका व्यक्तिको जीवन बीमालेख परिपक्व हुने अवस्था आउन सक्छ।
  • यस्तो अवस्थामा बीमाको रकम लिनका लागि बीमित स्वदेश फर्किनैपर्ने बाध्यता हुँदैन।
  • बीमालेख परिपक्व भएपछि विदेशमै रहेर पनि नेपालस्थित आफ्नो बैंक खातामा बीमा दाबी भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था छ।

काठमाडौं । वैदेशिक रोजगारी वा अन्य कारणले केही वर्षका लागि विदेशमा रहेका व्यक्तिको जीवन बीमालेख परिपक्व हुने अवस्था आउन सक्छ। यस्तो अवस्थामा बीमाको रकम लिनका लागि बीमित स्वदेश फर्किनैपर्ने बाध्यता हुँदैन।

बीमालेख परिपक्व भएपछि विदेशमै रहेर पनि नेपालस्थित आफ्नो बैंक खातामा बीमा दाबी भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था छ। यसका लागि सबैभन्दा पहिले सम्बन्धित बीमा कम्पनीमा आफ्नो व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गराउनुपर्छ।

विदेशमा रहेका बीमितले सम्बन्धित बीमा कम्पनीको शाखा कार्यालयमा इमेलमार्फत केवाईसी अद्यावधिकका लागि अनुरोध गर्न सक्छन्। केवाईसी अद्यावधिक भएपछि परिवारका कुनै सदस्यमार्फत बीमा दाबी भुक्तानीको रकम आफ्नो बैंक खातामा जम्मा गरिदिन कम्पनीलाई अनुरोध गर्न सकिन्छ।

यसका लागि बीमितले बीमा कम्पनीलाई इमेलमार्फत अनुरोध गर्न वा हस्तलिखित निवेदन परिवारका सदस्यलाई पठाएर कम्पनीको कार्यालयमा दर्ता गराउन सक्ने व्यवस्था छ। दाबी भुक्तानीका लागि आवश्यक पर्ने सक्कल बीमालेख भने सम्बन्धित बीमकको शाखा कार्यालयमा पेश गर्नुपर्ने हुन्छ।

त्यस्तै, विदेश जानुअघि नै बीमालेखको हक परिवारका कुनै सदस्य वा अन्य व्यक्ति/संस्थालाई हस्तान्तरण गर्न सकिने विकल्प पनि हुन्छ। यसका लागि बीमित र हक हस्तान्तरण गर्न लागिएको व्यक्तिको राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित बीमा कम्पनीमा लिखित निवेदन दिनुपर्छ। निवेदनमा हक हस्तान्तरण गर्नुपर्ने उचित कारणसमेत खुलाउनुपर्ने हुन्छ।

बीमा नियमावली, २०७९ को नियम २२ मा बीमालेखको हक हस्तान्तरणसम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार बीमितले बीमालेख परिपक्व हुँदा वा परिपक्व हुनुअघि निजको मृत्यु भएको अवस्थामा बीमालेखबाट प्राप्त हुने सुविधा अन्य व्यक्ति वा संस्थाले पूर्ण वा आंशिक रूपमा प्राप्त गर्ने गरी हक हस्तान्तरण गर्न सक्छ।

हक हस्तान्तरण गर्नुअघि बीमितले त्यसको उचित कारणसहित बीमकलाई अनुरोध गर्नुपर्ने हुन्छ। कारण उपयुक्त देखिएमा बीमकले बीमितको मागअनुसार बीमालेखको हक हस्तान्तरण गरिदिन सक्छ। बीमालेख बहाल रहेको अवधिभित्र जुनसुकै समयमा हक हस्तान्तरण गर्न सकिने व्यवस्था रहेको छ।

यसरी विदेशमा रहेका बीमितले बीमालेख परिपक्व हुँदा रकम लिन स्वदेश फर्किनुपर्ने अवस्था नपर्ने देखिन्छ। आवश्यक प्रक्रिया पूरा गरी आफ्नै बैंक खातामा दाबी भुक्तानी लिन वा नियमअनुसार परिवारका सदस्य तथा अन्य व्यक्ति/संस्थालाई बीमालेखको हक हस्तान्तरण गर्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला नेतृत्व र सशक्तीकरण: स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिका
महिला नेतृत्व र सशक्तीकरण: स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिका
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने

तपाईंले छुटाउनुभयो कि?