सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र १९, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त

सारांश

  • सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रबिन सिजापति नियुक्त भएका छन्।
  • बैंकको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
  • यसअघिका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल बिहीबार समाप्त भएपछि बैंकले शुक्रबार नै नयाँ सीईओ नियुक्त गरेको हो।

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रबिन सिजापति नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल बिहीबार समाप्त भएपछि बैंकले शुक्रबार नै नयाँ सीईओ नियुक्त गरेको हो। नवनियुक्त सीईओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन टोलीले शुक्रबार नै कार्यालयमा स्वागत गरेको छ।

सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) मा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। डेपुटी सीईओसरहको जिम्मेवारीमा रहेका उनले यही असार मसान्तदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए।

सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकहरूमध्ये एकसमेत हुन्। बैंकमा संस्थापक लगानीकर्ताका रूपमा जोडिएका सिजापतिले अब आगामी चार वर्ष बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन्।

बैंकको नेतृत्वमा अनुभवी सिजापतिको आगमनसँगै सांग्रिलाको आगामी व्यावसायिक रणनीति, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावती–५ मा महिलालाई  साडी वितरण हुँदै
इन्द्रावती–५ मा महिलालाई साडी वितरण हुँदै
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?