अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल

digitalchautari digitalchautari
|
बिहिबार, भाद्र २५, २०८३
|
|
९५० पटक हेरिएको
Shares
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल

सारांश

  • सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल आएको जनाएको छ।
  • प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको भनाइ छ।

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल आएको जनाएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार आवश्यक जाँचको रिपोर्ट उपलब्ध नभएकाले थप परीक्षण गराउन सुझाव दिइएको थियो। त्यसपछि बिरामी शय्यामा नरहेको अवस्थामा बिहान करिब पौने बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

प्रसूति भएपछि आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याइएको थियो। स्वास्थ्यकर्मीले नाल काट्नुका साथै आवश्यक उपचार तथा स्याहारका लागि अस्पतालमै बस्न आग्रह गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको प्रशासनले जनाएको छ।

हाल भने आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवैलाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ।

अस्पतालका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूलाई आवश्यक उपचार, औषधि तथा स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णयसमेत अस्पतालले गरेको छ।

अस्पतालको मूल गेटबाहिरै प्रसूति हुनुपर्ने अवस्था सिर्जना भएको विषयलाई प्रशासनले ‘अत्यन्त संवेदनशील र गम्भीर’ रूपमा लिएको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ।

छानबिनका क्रममा कुनै कर्मचारी वा सम्बन्धित पक्ष दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने अस्पतालले स्पष्ट पारेको छ। साथै, बाह्य छानबिन समिति गठन भएमा त्यसलाई आवश्यक सहयोग गर्ने पनि प्रशासनले जनाएको छ।

अस्पतालले वास्तविक तथ्य बाहिर नआएसम्म घटनाबारे संयमित हुन तथा सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न सरोकारवाला र सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
विकास बैंकको नाफा ६५ करोडमाथि, ८ बैंकको नाफा घट्दा कसको बढ्यो?
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच सुर्खेतमा छलफल
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच सुर्खेतमा छलफल
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक

तपाईंले छुटाउनुभयो कि?