snamai single page

आइतबारअघि नै धान भित्र्याउन मौसमविद्को आग्रह, पश्चिमी वायु सक्रिय हुँदै

डिजिटल चौतारी डिजिटल चौतारी
|
शुक्रबार, कार्तिक २७, २०८३
|
|
८.४K पटक हेरिएको
Shares
आइतबारअघि नै धान भित्र्याउन मौसमविद्को आग्रह, पश्चिमी वायु सक्रिय हुँदै

सारांश

  • पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि आगामी आइतबारदेखि देशका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
  • विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा यसको प्रभाव बढी देखिने मौसमविद्हरूले बताएका छन्।
  • सम्भावित वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले खेतमा काट्न बाँकी रहेको धानबाली तथा सुकाउन राखिएको पराल सुरक्षित राख्न किसानलाई सुझाव दिइएको छ।

काठमाडौं । पश्चिमी वायुको प्रभाव बढ्दै गएपछि आगामी आइतबारदेखि देशका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा यसको प्रभाव बढी देखिने मौसमविद्हरूले बताएका छन्।

सम्भावित वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले खेतमा काट्न बाँकी रहेको धानबाली तथा सुकाउन राखिएको पराल सुरक्षित राख्न किसानलाई सुझाव दिइएको छ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि उल्लेखनीय मौसमी परिवर्तनको सम्भावना छैन।

तर आइतबारदेखि पश्चिमी वायु सक्रिय भएसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च भूभागबाट मौसममा परिवर्तन आउने र क्रमशः गण्डकी प्रदेशसम्म प्रभाव विस्तार हुने अनुमान गरिएको छ। बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा समेत छिटपुट वर्षा हुन सक्ने विभागको आकलन छ।

मौसमविद् पोखरेलका अनुसार विकसित हुन लागेको मौसमी प्रणाली तीव्र गतिमा अघि बढ्ने प्रकृतिको रहेकाले ठूलो विपद्को जोखिम भने देखिएको छैन। मध्यम खालको वर्षा र हिमपात हुने अनुमान रहेकाले यसले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउनुका साथै कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्न सक्नेछ।

यद्यपि, असिना र वर्षाका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानले समयमै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

उनले धान काट्न बाँकी रहेका किसानलाई मौसमको सम्भावित अवस्थालाई ध्यानमा राख्दै बाली सुरक्षित गर्न आग्रह गरेकी छन्। विशेषगरी पहेँलो संकेत देखाइएका क्षेत्रका बासिन्दा तथा किसानलाई मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्रै बाली भित्र्याउने योजना बनाउन सुझाव दिइएको छ।

यसैबीच, मनसुनमा एल निनोको प्रभावका कारण कम वर्षा हुने अनुमान गरिए पनि नेपालमा नियमित वर्षा भएको उल्लेख गर्दै पोखरेलले हिउँदयामको मौसमी अवस्था फरक हुन सक्ने बताएकी छन्।

हाल ठूलो मौसमी प्रणाली विकास भइनसकेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर विभागले जारी गर्ने नियमित मौसम पूर्वानुमान तथा सूचनामा ध्यान दिनुपर्ने उनको सुझाव छ। विभागले समग्र हिउँदयामको मौसमी विश्लेषणसमेत छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव, १०% बोनस र १०% नगद
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
बालेन पत्नी सबिनाद्वारा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना
बालेन पत्नी सबिनाद्वारा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
काठमाडौं गोर्खाजसँग हार्दै लुम्बिनी लायन्सको अपराजित यात्रा समाप्
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

तपाईंले छुटाउनुभयो कि?