राष्ट्रपति पौडेलले लगाए ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइटीका
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाउनुभएको छ।
- राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको हो।
- भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायतका फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाउनुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको हो।
भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायतका फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो। त्यसैगरी राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार तथा दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया