बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा

digitalchautari digitalchautari
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा

सारांश

  • बलेफी गाउँपालिका–४ फ्याफुल्ल युवा क्लब, डाँडागाउँमा बिहीबार आयोजित स्वास्थ्य शिविरबाट ६५३ जनाले सेवा लिएका छन्।
  • एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त शिविर जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो।
  • शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले सामान्य चिकित्सा, बालरोग, नाक–कान–घाँटी, आँखा, दाँत तथा मुख स्वास्थ्य, क्षयरोग स्क्रिनिङ, एक्स–रे सेवा, स्त्री तथा प्रसूति, आयुर्वेद, स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो।

काठमाडौँ । बलेफी गाउँपालिका–४ फ्याफुल्ल युवा क्लब, डाँडागाउँमा बिहीबार आयोजित स्वास्थ्य शिविरबाट ६५३ जनाले सेवा लिएका छन्।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त शिविर जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो।
शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले सामान्य चिकित्सा, बालरोग, नाक–कान–घाँटी, आँखा, दाँत तथा मुख स्वास्थ्य, क्षयरोग स्क्रिनिङ, एक्स–रे सेवा, स्त्री तथा प्रसूति, आयुर्वेद, स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो।
ग्रामीण भेगका तथा आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकेका बिरामीहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताउनुभयो।
गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलरहनुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, वडा अध्यक्ष सुर्जे तामाङ तथा फ्याफुल्ल युवा क्लबका अध्यक्ष देबेन्द्र तामाङलगायतको उपस्थिति रहेको थियो।
यसअघि बुधबार जलविरेस्थित बलेफी गाउँपालिका–१ मा आयोजित स्वास्थ्य शिविरबाट ७६० जनाले सेवा लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्णय भएको भन्दै आलोचना
सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्णय भएको भन्दै आलोचना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
दक्षिण एसियाली सेयर बजारमा दबाब, नेपालसहित अधिकांश बजार साइडवेज
दक्षिण एसियाली सेयर बजारमा दबाब, नेपालसहित अधिकांश बजार साइडवेज

तपाईंले छुटाउनुभयो कि?