सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल

digitalchautari digitalchautari
|
बुधबार, भाद्र ३१, २०८३
|
|
३७८ पटक हेरिएको
Shares
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गर्नुभएको छ ।
  • बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ औँ स्थापना दिवस तथा ‘नेपालमा भूमि समस्या समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा पोखरेलले यस्तो बताउनुभएको हो ।
  • विगतका आयोगले नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पु¥याएका कामको परिणामस्वरूप अहिले पुर्जा वितरण भइरहेको बताउनुभयो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गर्नुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ औँ स्थापना दिवस तथा ‘नेपालमा भूमि समस्या समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा पोखरेलले यस्तो बताउनुभएको हो । विगतका आयोगले नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पु¥याएका कामको परिणामस्वरूप अहिले पुर्जा वितरण भइरहेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा सरकारले नै नयाँ रूपमा पुर्जा वितरण गरेको प्रचार भइरहेको भन्दै विगतका आयोगले गरेको कामको परिणाम हो भनेर स्वीकार गर्न सरकार तयार नभएको आरोप लगाउनुभयो ।

उहाँकाअनुसार काठमाडौं उपत्यकाभन्दा बाहिर पुर्जा वितरण हुनुको कारण विगतका आयोगले प्रक्रिया अन्तिम चरणमा पु¥याइसकेको ठाउँबाट वितरण शुरु हुनु हो । उहाँले वागमती किनारबाट हटाइएका सुकुमबासीलाई पुर्जा वितरणबाट सुरुवात भएको भए मात्रै वर्तमान सरकारले आफ्नो प्रतिवद्धताअनुसार काम गरेको जस लिन सक्ने बताउनुभयो ।

महासचिव पोखरेलले त्रिशूली र भोटेकोशी बाढीपीडितसँगै काठमाडौं उपत्यकाबाट विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको पुनस्र्थापनालाई पनि पुनर्निर्माणको महत्वपूर्ण एजेण्डा बनाउनुपर्ने बताउनु भयो ।

पोखरेलले उद्धार र राहतको चरण सकिँदै गएकाले अब मुलुक पुनर्निर्माणको चरणमा प्रवेश गर्न लागेको बताउनुभयो । उहाँले त्रिशूली र भोटेकोशी किनारका बस्तीको पुनस्र्थापनासँगै काठमाडौं उपत्यकाबाट विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापनलाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले दुवै पक्षको पीडालाई एउटै एजेन्डाका रूपमा अघि बढाउँदै राज्यलाई पुनस्र्थापनाका लागि बाध्य पार्न भूमि अधिकार तथा श्रमिक संगठनले अभियान चलाउनुपर्ने बताउनुभयो ।

पोखरेलले विगतमा ‘डोजर आतंक’ अन्त्य गर्न सर्वपक्षीय संयन्त्र बनाएर सफलता हासिल गरेको उदाहरण दिँदै पुनस्र्थापनाका लागि पनि त्यस्तै संयन्त्र र अभियान आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली उडे अर्थमन्त्री वाग्ले, के-के छन् तीन दिने भ्रमणका कार्यक्रम ?
डीपफेकबाट बीमा ठगीको जोखिम बढ्दै, नक्कली दाबी पहिचानमा चुनौती
डीपफेकबाट बीमा ठगीको जोखिम बढ्दै, नक्कली दाबी पहिचानमा चुनौती
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
भोटेकोशी बाढीले तहसनहस बनाएको बस्तीमा ओली, पीडितसँग भने– ‘सुरक्षित स्थानमा एकीकृत बस्ती बनाउनुपर्छ’
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

तपाईंले छुटाउनुभयो कि?