दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो

digitalchautari digitalchautari
|
मंगलबार, आश्विन ६, २०८३
|
|
२K पटक हेरिएको
Shares
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो

सारांश

  • यस वर्षको दसैंमा सर्वसाधारणले विगतका वर्षमा पाउँदै आएका दुईवटा सरकारी सुविधा नपाउने भएका छन्।
  • सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं लक्षित खसी–च्याङ्ग्रा बिक्री नगर्ने भएको छ भने नेपाल राष्ट्र बैंकले पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण नगर्ने तयारी गरेको छ।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अघिल्लो वर्षदेखि नै दसैंमा खसी तथा च्याङ्ग्रा बिक्री कार्यक्रम सञ्चालन गरेको छैन।

काठमाडौं । यस वर्षको दसैंमा सर्वसाधारणले विगतका वर्षमा पाउँदै आएका दुईवटा सरकारी सुविधा नपाउने भएका छन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं लक्षित खसी–च्याङ्ग्रा बिक्री नगर्ने भएको छ भने नेपाल राष्ट्र बैंकले पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण नगर्ने तयारी गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अघिल्लो वर्षदेखि नै दसैंमा खसी तथा च्याङ्ग्रा बिक्री कार्यक्रम सञ्चालन गरेको छैन। यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता नदिइने भएको हो।

सरकारी सहुलियतमा खसी–च्याङ्ग्रा बिक्री नहुँदा दसैंको समयमा बजारमा मूल्य नियन्त्रण चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। सरकारी बिक्री केन्द्रको अभावमा निजी व्यवसायी तथा बिचौलियाको प्रभाव बढ्न सक्ने र आपूर्ति व्यवस्थामा समस्या आए मूल्य बढ्न सक्ने चिन्ता छ।

यद्यपि, स्वदेशी किसानले उत्पादन गरेका खसी–च्याङ्ग्राले बजारमा उचित मूल्य पाउने अवसर बढ्न सक्ने अनुमान पनि गरिएको छ। बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन सरकारले प्रभावकारी अनुगमन र आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने सरोकारवालाहरूको धारणा छ।

नयाँ नोट पनि नपाइने

यसैगरी, नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। यससम्बन्धी औपचारिक जानकारी राष्ट्र बैंकले चाँडै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

राष्ट्र बैंकले मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गर्न लागेको जनाएको छ।

विपद्का कारण भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको, धेरै नागरिक प्रभावित तथा विस्थापित भएको र पुनःस्थापनाका लागि ठूलो वित्तीय स्रोत आवश्यक पर्ने अवस्था रहेको राष्ट्र बैंकको निष्कर्ष छ।

त्यसैगरी, विपद्को प्रभाव बैंकिङ क्षेत्रका ऋणी, व्यवसायी तथा समग्र अर्थतन्त्रमा समेत परेको भन्दै त्यसको मूल्यांकन भइरहेको राष्ट्र बैंकले जनाएको छ। सरकारको विपद्पछिको आवश्यकताको पूर्ण मूल्यांकन प्रतिवेदनसमेत आउन बाँकी रहेको अवस्थामा नयाँ नोट बजारमा पठाउनुभन्दा अन्य प्राथमिकतामा स्रोत परिचालन गर्नुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो।

यससँगै यस वर्षको दसैंमा विगतका वर्षमा जस्तो सरकारी सहुलियतको खसी–च्याङ्ग्रा र नयाँ नोट वितरण दुवै नहुने भएको छ। यस्तो अवस्थामा बजारमा मूल्यवृद्धि नियन्त्रण, आपूर्ति सहजता र उपभोक्ता हित संरक्षणका लागि सरकारी निकायको अनुगमन अझ महत्वपूर्ण हुने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग
अक्षर र कक्षाकोठाभन्दा माथि उठेर मानवीय सेवा: प्रगति अंग्रेजी माध्यमिक विद्यालयको पहलमा रसुवाका बाढीपीडितलाई १.९१ लाख सहयोग
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन

तपाईंले छुटाउनुभयो कि?