नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने

digitalchautari digitalchautari
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१K पटक हेरिएको
Shares
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने

सारांश

  • नेपाली फ्रिल्यान्सर तथा डिजिटल उद्यमीहरूले अब विदेशमा काम गरेबापतको भुक्तानी सोझै ‘खल्ती बाइ आइएमई’ मोबाइल वालेटमा प्राप्त गर्न सक्ने भएका छन् ।
  • खल्तीले आइएमई लिमिटेड र विश्व प्रसिद्ध भुक्तानी प्रणाली ‘स्ट्राइप’ सँगको रणनीतिक साझेदारीमा यो नयाँ व्यवस्था मिलाएको हो ।
  • यस सेवाअन्तर्गत नेपालमा बसेर विदेशी सेवा व्यवसायमा काम गर्नेहरूले खल्ती एपबाटै ’भुक्तानी अनुरोध’ पठाउन सक्नेछन्।

काठमाडौँ । नेपाली फ्रिल्यान्सर तथा डिजिटल उद्यमीहरूले अब विदेशमा काम गरेबापतको भुक्तानी सोझै ‘खल्ती बाइ आइएमई’ मोबाइल वालेटमा प्राप्त गर्न सक्ने भएका छन् ।

खल्तीले आइएमई लिमिटेड र विश्व प्रसिद्ध भुक्तानी प्रणाली ‘स्ट्राइप’ सँगको रणनीतिक साझेदारीमा यो नयाँ व्यवस्था मिलाएको हो ।

यस सेवाअन्तर्गत नेपालमा बसेर विदेशी सेवा व्यवसायमा काम गर्नेहरूले खल्ती एपबाटै ’भुक्तानी अनुरोध’ पठाउन सक्नेछन्। अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी प्रदायकहरूले स्ट्राइप गेटवेमार्फत भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे, एसीएच र ई–बैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै भुक्तानी गर्न सक्नेछन् ।

यसरी गरिएको भुक्तानी नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै (रियल–टाइम) जम्मा हुनेछ ।

यसअघि अन्तर्राष्ट्रिय भुक्तानी सङ्कलनमा देखिने समस्या र भुक्तानी पाउन हप्तौँ कुर्नुपर्ने झन्झटलाई यस साझेदारीले अन्त्य गरेको कम्पनीले जनाएको छ। यो प्रणाली सुरक्षित हुनुका साथै नियामकको मापदण्ड बमोजिम रहेको बताइएको छ ।

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यो पहल नेपाली फिनटेक क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।


उनका अनुसार यसले नेपाली डिजिटल प्रतिभा र उद्यमीहरूलाई विश्वव्यापी रूपमा कमाउन र सो रकम तत्काल प्राप्त गर्न सहज बनाउँदै नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा ठुलो योगदान दिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट
यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
स्थानीय तहमा कर्मचारीले अनौपचारिक कमिसन लिने गुनासो बढ्दै, सेवाग्राही असन्तुष्ट
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
स्वास्थ्य सेवा कार्यसम्पादनमा सुनकोशी प्रथम, पाँचपोखरी दोस्रो र त्रिपुरासुन्दरी तेस्रो
ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु
ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु

तपाईंले छुटाउनुभयो कि?