शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’

digitalchautari digitalchautari
|
शनिबार, श्रावण ३०, २०८३
|
|
१K पटक हेरिएको
Shares
शशांक कोइराला भन्छन्– ‘म पार्टी विभाजनको पक्षमा छैन’

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ।
  • शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त भेला नयाँ पार्टी गठनका लागि आयोजना नगरिएको बताउनुभयो।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ।

शनिबार आयोजित संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले उक्त भेला नयाँ पार्टी गठनका लागि आयोजना नगरिएको बताउनुभयो। समयअनुसार पार्टी र विचारलाई परिमार्जन गर्दै लैजान यस्ता भेला आवश्यक रहेको उहाँको भनाइ छ।

आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्दै कोइरालाले अदालतको निर्णय विपक्षमा आए पनि सबै पक्षबीच छलफल गरेर पार्टीको आगामी नीति तय गरिने बताउनुभयो।

उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गर्नुभयो। परिस्थिति अपेक्षाअनुसार अघि नबढे सम्बन्धित पक्षसँग थप छलफल गरेर आवश्यक निर्णय लिइने उहाँले बताउनुभयो।

वर्तमान सरकारप्रति टिप्पणी गर्दै नेता कोइरालाले बहुमत हुँदाहुँदै पनि सरकारले ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिनुभयो।

कोइरालाले वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई समेत राजनीतिमा नकार्न नसकिने बताउनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
केन्द्रसम्म युवा-महिलाको आवाज पुर्‍याउने संकल्पसहित सुप्रिया चालिसे चुनावी मैदानमा
केन्द्रसम्म युवा-महिलाको आवाज पुर्‍याउने संकल्पसहित सुप्रिया चालिसे चुनावी मैदानमा
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
बाबुरामको बोली फेरियो : पहिले रास्वपाको प्रशंसा, अहिले देश संकटमा रहेको चिन्ता
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
कम्युनिष्ट आन्दोलन ७७ वर्षमा: आत्मसमीक्षा गर्दै पुनर्गठनको तयारी
कम्युनिष्ट आन्दोलन ७७ वर्षमा: आत्मसमीक्षा गर्दै पुनर्गठनको तयारी
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी
सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी

तपाईंले छुटाउनुभयो कि?