समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

डिजिटल चौतारी डिजिटल चौतारी
|
मंगलबार, माघ २०, २०८२
|
|
२०६ पटक हेरिएको
Shares
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ।
  • राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
  • समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको उनले बताए।

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ।

राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको उनले बताए।

नाम हटाइनेमा नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना समानुपातिक उम्मेदवारको नाम हटाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, दुई वर्ष उमेर पूरा नभएका चार, मतदाता नामावलीमा नाम समावेश नभएका एक र मतदाता नामावली पिछडिएका क्षेत्रमा नरहेका दुई जनाको नाम हटाइएको हो।

यसैगरी, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूष उम्मेदवार पेस गरिएका कारण एक जनाको नाम हटाइएको छ।

सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताए। माथि उल्लेख गरिएका कारणमध्ये एकभन्दा बढी कारण परेका दुई जना पनि बन्दसूचीबाट हटाइएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
कांग्रेस महाधिवेशन प्रतिनिधिमा आइतमान तामाङको उम्मेदवारी, संगठन सुदृढीकरणमा जोड
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध: परराष्ट्रमन्त्री खनाल
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?
नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?

तपाईंले छुटाउनुभयो कि?