इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै

digitalchautari digitalchautari
|
शुक्रबार, कार्तिक २०, २०८३
|
|
४७१ पटक हेरिएको
Shares
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै

सारांश

  • इन्द्रावती गाउँपालिका–५ नम्बर वडा कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ।
  • वडाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार कम्तीमा एक रोपनी क्षेत्रफलमा आलुखेती गर्न इच्छुक कृषकलाई बीउको लागतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागिएको हो।
  • वडा अध्यक्ष शशिनाथ आचार्यका अनुसार कृषि उत्पादन वृद्धि तथा किसानलाई व्यावसायिक आलुखेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ नम्बर वडा कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ।

वडाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार कम्तीमा एक रोपनी क्षेत्रफलमा आलुखेती गर्न इच्छुक कृषकलाई बीउको लागतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागिएको हो।

वडा अध्यक्ष शशिनाथ आचार्यका अनुसार कृषि उत्पादन वृद्धि तथा किसानलाई व्यावसायिक आलुखेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक कृषकले सूचना प्रकाशित भएको मितिले १२ दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।

अनुदानका लागि आवेदन दिने कृषकले नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र आवश्यक पर्ने आलुको बीउको परिमाण खुलाइएको निवेदन पेस गर्नुपर्नेछ।

वडा कार्यालयले आलुखेतीका लागि जनकदेव र कार्डिनल जातका बीउ सिफारिस गरेको छ। गाउँपालिकामार्फत खरिद गरिने बीउको लागतको ५० प्रतिशत रकम कृषकले व्यहोर्नुपर्नेछ भने बाँकी ५० प्रतिशत रकम अनुदानस्वरूप उपलब्ध गराइनेछ।

कृषकलाई आलुखेतीमा आकर्षित गर्दै कृषि उत्पादन बढाउने र स्थानीय स्तरमै आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
प्रदेश सभापतिमा देव कोइरालाको उम्मेदवारी, संगठन सुदृढीकरणदेखि प्रविधिमैत्री कांग्रेससम्मका एजेन्डा
प्रदेश सभापतिमा देव कोइरालाको उम्मेदवारी, संगठन सुदृढीकरणदेखि प्रविधिमैत्री कांग्रेससम्मका एजेन्डा
महिला अधिकार र सामाजिक न्याय: लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता
महिला अधिकार र सामाजिक न्याय: लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा

तपाईंले छुटाउनुभयो कि?