सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज

digitalchautari digitalchautari
|
सोमबार, आषाढ ८, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज

सारांश

  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई सुर्खेतबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरिएको छ।
  • वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
  • सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएकाले प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्‍याएको जनाएको छ।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई सुर्खेतबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरिएको छ।

वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएकाले प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्‍याएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेल आफैं होटल पुगेर पौडेललाई आफ्नै गाडीमा राखी नेपालगञ्जतर्फ लगेका थिए। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायबाट प्राप्त पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा लगायतको पनि उपस्थिति रहेको थियो।

प्रहरी स्रोतका अनुसार पौडेललाई नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं पठाई थप अनुसन्धान अघि बढाइने तयारी भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
अख्तियारद्वारा ४ पत्रकार पुरस्कृत
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो  नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पूर्णता पायाे
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?

तपाईंले छुटाउनुभयो कि?