snamai single page

राष्ट्रपति पौडेलले लगाए ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइटीका

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, कार्तिक २५, २०८३
|
|
६.५K पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलले लगाए ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइटीका

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाउनुभएको छ।
  • राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको हो।
  • भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायतका फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाउनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको हो।

भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायतका फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो। त्यसैगरी राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार तथा दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो।

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
सरकार जन अपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको नेकपाकाे आरोप
जीवन बीमा अभिकर्ताको इन्सेन्टिभ कटौती रोक्न माग, प्राधिकरणसँग स्पष्ट निर्देशन जारी गर्न आग्रह
जीवन बीमा अभिकर्ताको इन्सेन्टिभ कटौती रोक्न माग, प्राधिकरणसँग स्पष्ट निर्देशन जारी गर्न आग्रह
देउवाको आरोप : ‘१८ करोडमा पार्टी किन्ने प्रयास भयो’, आधिकारिकता विवादमा निष्पक्ष छानबिन माग
देउवाको आरोप : ‘१८ करोडमा पार्टी किन्ने प्रयास भयो’, आधिकारिकता विवादमा निष्पक्ष छानबिन माग
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार
४० लाखमुनिका ईभीमा ‘भ्यालु फर्मनी’को दौड, कुन कार कति अब्बल? नामी भिगोदेखि पन्च ईभीसम्म : मूल्य, रेन्ज, फिचर र सुरक्षामा ग्राहकलाई आकर्षित गर्दै नयाँ पुस्ताका विद्युतीय कार

तपाईंले छुटाउनुभयो कि?