लायन्स क्लब अफ काठमाडौंँ डाँफेद्वारा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
सारांश
- सामाजिक सेवा, मानवीय सहयोग तथा शैक्षिक उन्नयनमा समर्पित लायन्स क्लब अफ काठमाडौंँ डाँफेको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक विकास तथा सहयोगार्थ राष्ट्रिय कलाकारहरूको सहभागितामा देउसी भैलो एवं विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
- क्लबका अध्यक्ष लायन दिनेश भण्डारी (शालिक) को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, पूर्व नगर प्रमुख सन्तोष चालिसे लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
- नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, देउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई उल्लासमय बनाएको थियो।
काठमाडौं। सामाजिक सेवा, मानवीय सहयोग तथा शैक्षिक उन्नयनमा समर्पित लायन्स क्लब अफ काठमाडौंँ डाँफेको आयोजनामा सामुदायिक विद्यालयको शैक्षिक विकास तथा सहयोगार्थ राष्ट्रिय कलाकारहरूको सहभागितामा देउसी भैलो एवं विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष लायन दिनेश भण्डारी (शालिक) को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, पूर्व नगर प्रमुख सन्तोष चालिसे लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, देउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रमलाई उल्लासमय बनाएको थियो।
कार्यक्रममा कलाकारहरू, अतिथिहरू तथा सहभागीहरूको उत्साहपूर्ण सहभागिताले सामाजिक सद्भाव, सांस्कृतिक एकता र सामुदायिक सहकार्यको सन्देश प्रवाह गरेको थियो।
सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने पवित्र उद्देश्यका साथ आयोजित यस कार्यक्रमले शिक्षा, संस्कृति र सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लब अफ काठमाडौंँ डाँफेको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
कार्यक्रमका अध्यक्ष लायन दिनेश भण्डारीले उपस्थित सम्पूर्ण अतिथि, कलाकार, सहयोगी तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया