snamai single page

काठमाडौंमा स्वदेशी फूलमालाको व्यापार बढ्यो, महानगरले तोक्यो ३३ बिक्रीस्थल

डिजिटल चौतारी डिजिटल चौतारी
|
आइतबार, कार्तिक २२, २०८३
|
|
५.५K पटक हेरिएको
Shares
काठमाडौंमा स्वदेशी फूलमालाको व्यापार बढ्यो, महानगरले तोक्यो ३३ बिक्रीस्थल

सारांश

  • काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्री वितरणमा रोक लगाउँदै स्वदेशी फूलमाला बिक्रीका लागि ३३ स्थान निर्धारण गरेको छ।
  • महानगरले तोकेका विभिन्न स्थानमा अहिले स्वदेशी फूलमाला किन्ने र बेच्नेको चहलपहल बढेको छ।
  • महानगरपालिकाले नयाँ बानेश्वरस्थित एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई फूलमाला बिक्रीस्थल तोकेको छ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्री वितरणमा रोक लगाउँदै स्वदेशी फूलमाला बिक्रीका लागि ३३ स्थान निर्धारण गरेको छ। महानगरले तोकेका विभिन्न स्थानमा अहिले स्वदेशी फूलमाला किन्ने र बेच्नेको चहलपहल बढेको छ।

महानगरपालिकाले नयाँ बानेश्वरस्थित एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई फूलमाला बिक्रीस्थल तोकेको छ।

त्यस्तै, चाबहिलको एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि, कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल र न्युप्लाजास्थित बज्र कम्प्लेक्समा पनि स्वदेशी फूलमाला बिक्री गर्न पाइनेछ।

यसैगरी स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल तथा गुणस्तर विभाग अगाडिको क्षेत्रलाई पनि बिक्रीस्थलका रूपमा निर्धारण गरिएको छ।

महानगरले कालिमाटीको कालिमाटी ब्यांक्वेट र चौखेल, हाँडीगाउँस्थित वडा नम्बर ५ कार्यालय अगाडिको डबली तथा गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारको बिग मार्टमा समेत फूलमाला बिक्रीको व्यवस्था मिलाएको छ।

त्यसैगरी टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि स्वदेशी फूलमाला बिक्रीस्थलका रूपमा तोकिएको छ।

महानगरपालिकाको निर्णयपछि तोकिएका स्थानमा स्वदेशी फूलमाला बिक्री गर्ने व्यवसायी तथा उत्पादकको उपस्थिति बढेको छ। ती स्थानमा फूलमाला किन्ने उपभोक्ताको समेत चहलपहल देखिएको छ।

प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने महानगरको नीतिले स्थानीय फूल उत्पादक तथा व्यवसायीलाई बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
कालीगण्डकीले पोखरेबगरको पुल बगायो
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
प्रदेश ‘क’ सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
प्रदेश ‘क’ सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
इन्द्रावतीको जनसुधार विद्यालयमा भाद्र २४ गते ‘निःशुल्क बृहत् आँखा शिविर’ हुने
इन्द्रावतीको जनसुधार विद्यालयमा भाद्र २४ गते ‘निःशुल्क बृहत् आँखा शिविर’ हुने
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
लियोनेल मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

तपाईंले छुटाउनुभयो कि?