१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

digitalchautari digitalchautari
|
शनिबार, आश्विन १०, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ

सारांश

  • मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ ।
  • तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
  • नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ ।

मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो ।
त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले एकेडेमीले हालसम्म बनाएको पहिचान र प्रतिष्ठालाई अझ उचाइमा पुर्‍याउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
एकेडेमीका निवर्तमान अध्यक्ष कुमार सापकोटाले १४ वर्षको यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण खेलाडी, सदस्य तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मेलम्ची ब्याडमिन्टनको इज्जत र प्रतिष्ठा जोगाउँदै नयाँ नेतृत्वले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू आगामी दिनमा पनि एकेडेमीको साथमा रहने बताउनुभयो ।
त्यस्तै, सचिव ऋषि नेपालले दोस्रो अधिवेशनमै आफू जिम्मेवारीबाट मुक्त हुन चाहेको भए पनि कभर्डहल निर्माण सम्पन्न गरेर मात्र जिम्मेवारी हस्तान्तरण गर्न प्रतिनिधिहरूले आग्रह गरेको स्मरण गर्नुभयो । लामो समयको प्रयासपछि कभर्डहल निर्माण सम्पन्न भएसँगै जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको उहाँले बताउनुभयो ।
मेलम्ची ब्याडमिन्टन एकेडेमीले २०७८ सालमा औपचारिक रूपमा दर्ता हुनुअघि नै ‘मेलम्ची ब्याडमिन्टन टिम’ का रूपमा गतिविधि सञ्चालन गर्दै आएको थियो । अध्यक्ष कुमार सापकोटा र सचिव ऋषि नेपालको नेतृत्वमा १४ वर्षदेखि निरन्तर गतिविधि सञ्चालन हुँदै आएको एकेडेमीले कभर्डहल निर्माणसँगै विभिन्न प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ ।
खेलकुदको क्षेत्रमा मात्र नभई एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडित तथा असहायलाई सहयोग गर्नुका साथै बाढीपहिरो तथा विपद्का समयमा प्रभावितलाई समेत सहयोग गर्दै आएको जनाइएको छ ।
यसैबीच, दशैँ र तिहारको बीचमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । उक्त प्रतियोगिताको अवसरमा निवर्तमान कार्यसमितिको औपचारिक बिदाइ तथा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गर्ने तयारीसमेत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा
सानिमा बैंक को नाफा ४२.२% ले बढ्यो, २ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार  गम्भीर भएन
ज्ञानेन्द्र शाहीको आरोप: रसुवा-नुवाकोट बाढीपीडितको उद्धारमा सरकार गम्भीर भएन

तपाईंले छुटाउनुभयो कि?