संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने

digitalchautari digitalchautari
|
शुक्रबार, आषाढ १९, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने

सारांश

  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले असारभित्रै राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको छ।
  • शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको बैठकले राष्ट्रिय भेला आयोजना गरी आगामी राजनीतिक रणनीति तय गर्ने निर्णय गरेको हो।
  • बैठकपछि नेता मीन विश्वकर्माले असार २२ गते महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने जानकारी दिए।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले असारभित्रै राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको छ। शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको बैठकले राष्ट्रिय भेला आयोजना गरी आगामी राजनीतिक रणनीति तय गर्ने निर्णय गरेको हो।

बैठकपछि नेता मीन विश्वकर्माले असार २२ गते महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने जानकारी दिए। उनका अनुसार अब १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण तयारी र छलफल सोही सम्पर्क कार्यालयबाट सञ्चालन गरिनेछ।

बैठकमा संस्थापन पक्षसँग हालै भएका संवादबारे पनि समीक्षा गरिएको थियो। सहभागी नेताहरूले संस्थापन पक्षसँग भएको वार्ता अपेक्षाअनुसार सार्थक नभएको निष्कर्ष सुनाएका थिए। विश्वकर्माका अनुसार पार्टीभित्र एकता कायम गर्न संस्थापन पक्ष गम्भीर नदेखिएको साझा धारणा बनेपछि अबको राजनीतिक गन्तव्य राष्ट्रिय भेलामार्फत तय गर्ने सहमति भएको हो।

बैठकमा शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय डिना, रमेश लेखक, प्रकाशशरण महत, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
हेलम्बुस्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक ‘बी’ लाई
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
सहुलियतपूर्ण कर्जा: स्वीकृति ५७ अर्ब तर बक्यौता साढे २८ अर्ब मात्रै, कार्यान्वयन सुस्त
सहुलियतपूर्ण कर्जा: स्वीकृति ५७ अर्ब तर बक्यौता साढे २८ अर्ब मात्रै, कार्यान्वयन सुस्त
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा

तपाईंले छुटाउनुभयो कि?