नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
digitalchautari
Shares
सारांश
- नेपाल भलिबल फ्रेञ्चाइज लिगमा अन्नपूर्ण स्पाइकर किंग्सले तेस्रो जित हात पारेको छ।
- आफ्नो चौथो खेलमा तेस्रो जित हात पार्ने क्रममा अन्नपूर्णले खप्तड फाल्कोन्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।
- खप्तड भने लगातार चार खेलमा पराजित भएको छ।
नेपाल भलिबल फ्रेञ्चाइज लिगमा अन्नपूर्ण स्पाइकर किंग्सले तेस्रो जित हात पारेको छ।
आफ्नो चौथो खेलमा तेस्रो जित हात पार्ने क्रममा अन्नपूर्णले खप्तड फाल्कोन्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।
खप्तड भने लगातार चार खेलमा पराजित भएको छ। खप्तड लिगमा अझै जितविहीन छ।
अन्नपूर्णले खप्तडमाथि पहिलो सेट २५-१५ ले सजिलै जित्यो।
दोस्रो खेलमा पहिलो २५-१५ कै नतिजाका साथ अन्नपूर्ण सहज रुपले अघि बढ्यो।
तेस्रो सेट रोमाञ्चक हुँदा अन्नपूर्णले २९-२७ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया