सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने

सारांश

  • पछिल्लो समय निरन्तर दबाबमा रहेको सेयर बजार सुधारका लागि सरकारले आगामी साताभित्र विशेष प्याकेज ल्याउने भएको छ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउँदै बजारमा देखिएका समस्या समाधान गर्न पुँजी बजार सुधारसम्बन्धी प्याकेज ल्याउन लागिएको बताएका छन्।
  • नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सेयर बजारलाई दीर्घकालीन पुँजी निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए।

काठमाडौँ । पछिल्लो समय निरन्तर दबाबमा रहेको सेयर बजार सुधारका लागि सरकारले आगामी साताभित्र विशेष प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउँदै बजारमा देखिएका समस्या समाधान गर्न पुँजी बजार सुधारसम्बन्धी प्याकेज ल्याउन लागिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सेयर बजारलाई दीर्घकालीन पुँजी निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए।
उनले सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए। निजी क्षेत्रको आत्मविश्वास बढाउने, रोकिएका लगानीलाई गति दिने तथा उत्पादन र रोजगारी विस्तार गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत तथा पुनरुत्थानका लागि सरकारले पहिलो चरणको प्याकेज ल्याइसकेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए। बाढीबाट क्षति पुगेका उद्योग तथा व्यवसाय पुनः सञ्चालनमा ल्याउन सहुलियत र आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने सरकारको तयारी रहेको उनले बताए।
त्यस्तै, निजी क्षेत्रको खस्किएको व्यावसायिक आत्मविश्वास फर्काउन छुट्टै प्याकेजसमेत तयार भइरहेको उनले जानकारी दिए। रोकिएका लगानी अघि बढाउने, नयाँ लगानी आकर्षित गर्ने तथा उत्पादन र रोजगारी विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रसँग सम्बन्धित सुधारका कार्यक्रम अघि बढाइने उनले बताए।
यसैगरी, नेपाललाई वित्तीय अपराधसम्बन्धी एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको अर्थमन्त्री वाग्लेले बताए। ग्रे लिस्टबाट बाहिरिएपछि अन्तर्राष्ट्रिय वित्तीय कारोबार, विदेशी लगानी तथा निजी क्षेत्रको विश्वासमा सुधार आउने अपेक्षा सरकारले गरेको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, ६ घाइते
विदेशमा हुँदा जीवन बीमालेख परिपक्व भए के गर्ने ?
विदेशमा हुँदा जीवन बीमालेख परिपक्व भए के गर्ने ?
प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे
प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा पुगे
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
मन्त्री छनोटदेखि सभामुखसम्म विवाद, बागमतीमा नेकपाभित्र बढ्यो शक्ति संघर्ष
भोटेकोशी बाढी : १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
बाढीपीडितको राहतका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ७२ लाख रुपैयाँ सहयोगको घोषणा
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
अटिजमसम्बन्धी तीन दिने विशेष तालिम
पाँचपोखरी थाङ्पालमा वार्षिक समीक्षा सम्पन्न
पाँचपोखरी थाङ्पालमा वार्षिक समीक्षा सम्पन्न

तपाईंले छुटाउनुभयो कि?