रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १७, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग

सारांश

  • रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
  • भदौ १० गते आएको बाढीपहिरोले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि नगरपालिकाले उक्त आर्थिक सहयोगको घोषणा गरेको हो।
  • ​नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको भदौ महिनाको तलबबाट तह र श्रेणीअनुसार ३ देखि १० दिनसम्मको पारिश्रमिक कट्टा गरी संकलन गरिने सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। भदौ १० गते आएको बाढीपहिरोले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि नगरपालिकाले उक्त आर्थिक सहयोगको घोषणा गरेको हो।
​नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको भदौ महिनाको तलबबाट तह र श्रेणीअनुसार ३ देखि १० दिनसम्मको पारिश्रमिक कट्टा गरी संकलन गरिने सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
​बाढीका कारण चौतारा साँगाचोकगढीका १२ जना नागरिक रसुवा क्षेत्रमा अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। उनीहरूको शीघ्र खोज तथा उद्धारका लागि केन्द्रीय कमान्ड पोस्टसँग निरन्तर समन्वय भइरहेको छ।
​यसैगरी, विपद्का कारण बेपत्ता वा मृत्यु भएका आफ्ना नगरवासीका परिवारलाई नगरपालिकाले तत्काल राहतस्वरूप प्रतिपरिवार १ लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
​नगर प्रमुख सापकोटाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार तथा राहतमा जुटेको बताए। साथै, नगरपालिकाले उद्धार र पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र र आम नगरवासीलाई अपिल गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
दुर्गाबहादुर तामाङद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’
३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?