सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक १५, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको स्वेच्छाचारिता बढ्दै गएको आरोप लगाएका छन्।
  • सरकारका गलत गतिविधिप्रति सत्ता साझेदार दलहरू मौन बसेको भन्दै उनले उनीहरूको भूमिकामाथि प्रश्न उठाएका हुन्।
  • विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका गलत कदमप्रति औपचारिक वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने थापाको भनाइ छ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको स्वेच्छाचारिता बढ्दै गएको आरोप लगाएका छन्। सरकारका गलत गतिविधिप्रति सत्ता साझेदार दलहरू मौन बसेको भन्दै उनले उनीहरूको भूमिकामाथि प्रश्न उठाएका हुन्।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका गलत कदमप्रति औपचारिक वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने थापाको भनाइ छ। उनले सरकारका गतिविधिप्रति असहमति भए त्यसलाई व्यवहारमै देखाउन रास्वपालाई चुनौती दिएका छन्।

थापाले रास्वपाले आफ्नो राजनीतिक निष्ठा प्रमाणित गर्न संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्रीलाई उपस्थित गराउनुपर्ने बताए। बैठकमार्फत प्रधानमन्त्रीलाई स्पष्ट निर्देशन दिई त्यसको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने उनको जोड छ।

‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ,’ थापाले भने, ‘साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन कार्यान्वयनमा लगियोस्।’

सरकारका कामकारबाहीप्रति सत्ता साझेदार दलहरूको व्यवहार र विशेषगरी रास्वपाको भूमिकालाई लिएर थापाले उठाएको प्रश्नले राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहुलियतपूर्ण कर्जा: स्वीकृति ५७ अर्ब तर बक्यौता साढे २८ अर्ब मात्रै, कार्यान्वयन सुस्त
सहुलियतपूर्ण कर्जा: स्वीकृति ५७ अर्ब तर बक्यौता साढे २८ अर्ब मात्रै, कार्यान्वयन सुस्त
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
मनोहरा किनारका  सुकुम्बासी घरटहरा हटाउन सुरु
मनोहरा किनारका सुकुम्बासी घरटहरा हटाउन सुरु
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा
प्रलोपासँगको पाँच महिनाको यात्रा टुङ्ग्याउँदै सुदन किरातीको राजीनामा

तपाईंले छुटाउनुभयो कि?