आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति

digitalchautari digitalchautari
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
आवासीय चिकित्सकमाथि कडा नियम लगाएको भन्दै नेशनल मेडिकल कलेजविरुद्ध चिकित्सक सङ्घको आपत्ति

सारांश

  • नेपाल चिकित्सक सङ्घ ले नेशनल मेडिकल कलेज ले आवासीय चिकित्सकहरूमाथि कडा र अपमानजनक नियम लागू गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
  • कलेज प्रशासनले चिकित्सकहरूको व्यक्तिगत स्वतन्त्रता र पेसागत मर्यादामा आँच पुर्‍याउने काम गरेको भन्दै सङ्घले ती निर्णयहरू तत्काल फिर्ता लिन चेतावनी दिएको हो।
  • सङ्घका महासचिव सञ्जीव तिवारी द्वारा जारी विज्ञप्तिअनुसार कलेजले आवासीय चिकित्सकहरूका लागि आवास, खाना तथा इन्टरनेट सुविधाको शुल्क वार्षिक रूपमा बुझाउन अनिवार्य गरेको छ।

काठमाडौं । नेपाल चिकित्सक सङ्घ ले नेशनल मेडिकल कलेज ले आवासीय चिकित्सकहरूमाथि कडा र अपमानजनक नियम लागू गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। कलेज प्रशासनले चिकित्सकहरूको व्यक्तिगत स्वतन्त्रता र पेसागत मर्यादामा आँच पुर्‍याउने काम गरेको भन्दै सङ्घले ती निर्णयहरू तत्काल फिर्ता लिन चेतावनी दिएको हो।

सङ्घका महासचिव सञ्जीव तिवारी द्वारा जारी विज्ञप्तिअनुसार कलेजले आवासीय चिकित्सकहरूका लागि आवास, खाना तथा इन्टरनेट सुविधाको शुल्क वार्षिक रूपमा बुझाउन अनिवार्य गरेको छ। साथै चिकित्सकहरूलाई उनीहरूको इच्छाविपरीत अनिवार्य रूपमा होस्टेलमा बस्न बाध्य पारिएको र भर्ना प्रक्रियामा उनीहरूका सक्कल शैक्षिक प्रमाणपत्र कलेज प्रशासनले आफ्नो नियन्त्रणमा राखेको तथ्यसमेत बाहिर आएको जनाएको छ।

सङ्घका अनुसार कलेजले चिकित्सकहरूलाई दिनमा चार पटकसम्म हाजिर गर्न बाध्य पार्ने व्यवस्था गरेर मानसिक दबाब दिने गरेको गुनासो पनि प्राप्त भएको छ।

सङ्घले यस्ता कार्यहरूलाई चिकित्सकहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। ‘चिकित्सकजस्तो जिम्मेवार पेसाकर्मीलाई चौबीसै घण्टा निगरानीमा राख्ने र उनीहरूको शैक्षिक कागजात कब्जा गर्ने कार्य कुनै पनि अर्थमा न्यायोचित हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

सङ्घले कलेज प्रशासनलाई आफ्ना निर्णयहरू तत्काल सच्याउन र चिकित्सकहरूलाई मर्यादित तथा सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु
ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती
सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
कालीमाटीमा आज तरकारीको भाउ : केही घट्यो, केही बढ्यो, यस्तो छ थोक मूल्यसूची
कोशीमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली लागू
कोशीमा पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली लागू

तपाईंले छुटाउनुभयो कि?