रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प

digitalchautari digitalchautari
|
मंगलबार, भाद्र ९, २०८३
|
|
१.९K पटक हेरिएको
Shares
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प

सारांश

  • नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा नयाँ विद्युतीय मोटरसाइकल आरभीएक्स (RVX) सार्वजनिक गरेको छ।
  • कम्पनीका अनुसार आरभीएक्स रिभोल्ट मोटर्सले उत्पादन गरेको अहिलेसम्मकै शक्तिशाली तथा प्रविधियुक्त इलेक्ट्रिक बाइक हो।
  • आरभीएक्स सीमित अवधिका लागि ३ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा सार्वजनिक गरिएको हो।

काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा नयाँ विद्युतीय मोटरसाइकल आरभीएक्स (RVX) सार्वजनिक गरेको छ। कम्पनीका अनुसार आरभीएक्स रिभोल्ट मोटर्सले उत्पादन गरेको अहिलेसम्मकै शक्तिशाली तथा प्रविधियुक्त इलेक्ट्रिक बाइक हो।

आरभीएक्स सीमित अवधिका लागि ३ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा सार्वजनिक गरिएको हो। यसको बुकिङ तथा टेस्ट राइड नाडा अटो शोमा रहेको रिभोल्ट पेभिलियन र काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप शोरुमबाट सुरु भइसकेको कम्पनीले जनाएको छ।

आरभीएक्समा ४ किलोवाटको मिड–ड्राइभ पीएमएसएम मोटर जडान गरिएको छ। मोटरले ५.३ किलोवाटसम्मको पिक पावर र ह्विलमा २३० एनएमसम्मको टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। बाइकले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै हासिल गर्न सक्छ भने बुस्ट मोडमा अधिकतम ९० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ।

बाइकमा ३.२४ किलोवाट आवरको रिमुभेबल एनएमसी ब्याट्री दिइएको छ। यसले एकपटक पूर्ण चार्जमा १६० किलोमिटरको आईडीसी रेन्ज दिने दाबी गरिएको छ। फास्ट चार्जरबाट ब्याट्रीलाई ८० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। रिमुभेबल ब्याट्री भएकाले सामान्य घरायसी विद्युत् सकेटबाट समेत चार्ज गर्न सकिने सुविधा रहेको छ।

आरभीएक्समा बुस्ट, स्पोर्ट्स, सिटी र इको गरी चारवटा राइडिङ मोड उपलब्ध छन्। त्यस्तै, अपसाइड–डाउन फ्रन्ट फोर्क र रियर मोनो–शकले विभिन्न सडकमा ह्यान्डलिङ सुधार गर्ने कम्पनीको भनाइ छ।

प्रविधितर्फ बाइकमा ३.५ इन्चको आईपी६७ रेटेड डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ तथा ओटीए अपडेट सुविधा दिइएको छ। यसमा कल तथा म्यासेज नोटिफिकेसन, हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटरलगायतका सुविधा पनि छन्।

आरभीएक्स पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रङमा उपलब्ध हुनेछ।

सोही अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले ‘नेपाल गर्छ रिभोल्ट’ नामक ब्रान्ड अभियान पनि सार्वजनिक गरेका छन्। कम्पनीका अनुसार अभियानले नयाँ पुस्ताका आत्मविश्वासी, महत्त्वाकांक्षी तथा आफ्नै शैलीमा अघि बढ्न चाहने नेपाली राइडरलाई लक्षित गरेको छ।

आरभीएक्स काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप शोरुमका साथै वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढीलगायतका शहरमा रहेका रिभोल्टका शोरुममार्फत उपलब्ध हुने जनाइएको छ।

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ, जहाँ विद्युतीय सवारीसाधन तथा नयाँ प्रविधि मुख्य आकर्षणका रूपमा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
सानिमा बैंकद्वारा बाढी तथा पहिरो प्रभावितका लागि रु २ करोड २५ लाख सहयोगको घोषणा
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
संसद् छलेर अध्यादेशको बाटो रोज्दै बालेन नेतृत्वको सरकार, प्रतिपक्षको कडा आलोचना
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन

तपाईंले छुटाउनुभयो कि?