सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड

digitalchautari digitalchautari
|
सोमबार, आषाढ ८, २०८३
|
|
२K पटक हेरिएको
Shares
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड

सारांश

  • सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १८औँ कर्पोरेट विज्नेस अवार्ड २०२६ मा ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
  • कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ ।
  • उक्त समारोहमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ले प्रतिष्ठित ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गर्न सफल भएको हो ।

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १८औँ कर्पोरेट विज्नेस अवार्ड २०२६ मा ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ ।

उक्त समारोहमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ले प्रतिष्ठित ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनीले जीवन बीमा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।

अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड तथा ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल

तपाईंले छुटाउनुभयो कि?