सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १०, २०८३
|
|
२३६ पटक हेरिएको
Shares
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने

सारांश

  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने भन्दै आफ्नो र आफ्नो दलका सांसदहरूका लागि कुनैपनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गर्नुभएको छ ।
  • बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू कार्यक्षेत्र (फिल्ड) मा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।
  • उहाँले कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरेको खण्डमा पनि सुरक्षा वा अन्य कुनैपनि सुविधाको चिन्ता नलिन र प्रशासनलाई आफ्नो काममा बाधा नपुरÞ्याउन आग्रह गर्नुभएको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने भन्दै आफ्नो र आफ्नो दलका सांसदहरूका लागि कुनैपनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू कार्यक्षेत्र (फिल्ड) मा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पार्नुभयो । उहाँले कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरेको खण्डमा पनि सुरक्षा वा अन्य कुनैपनि सुविधाको चिन्ता नलिन र प्रशासनलाई आफ्नो काममा बाधा नपुरÞ्याउन आग्रह गर्नुभएको छ । लामिछानेले प्रभावित क्षेत्रमा सञ्चार सेवाको सहजताका लागि सरकारले चालेको कदमको स्वागत गर्नुभयो । टेलिफोनमा ब्यालेन्स नहुँदा पनि कुराकानी गर्न मिल्ने र डाटा उपलब्ध गराउने विषयमा सरकार सचेत रहेको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ । म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन, हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन । सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस् । हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ । हामी व्यक्तिगत तवरबाट जानेछौँ र प्रशासनको काममा कुनै दखलअन्दाज हुने छैन । विपद् पर्दा सबैभन्दा अप्ठ्यारो सीमान्तकृत र अल्पसङ्ख्यक वर्गलाई पर्दछ । तथ्याङ्कले पनि महिला, वृद्धवृद्धा र दलित समुदायमा यसको गहिरो प्रभाव परेको देखाउँछ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’

लामिछानेले विपद्को समयमा सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी मारमा पर्ने तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । विशेषगरी महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र दलित समुदाय विपद्बाट बढी प्रभावित हुने गरेको भन्दै राहत र उद्धारमा ती वर्गलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
शिक्षामा छोरीहरूको पहुँच: छात्रवृत्ति र प्रोत्साहन कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?