संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा

digitalchautari digitalchautari
|
बुधबार, बैशाख १६, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा

सारांश

  • सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पेस गरेको छ ।
  • प्रस्तावित अध्यादेशमा परिषद्को गणपुरक संख्या र निर्णय प्रक्रियामा परिवर्तन गर्ने व्यवस्था गरिएको बताइएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अब प्रधानमन्त्रीसहित तीनजना पदाधिकारीले दिएको राय नै निर्णायक हुने व्यवस्था अध्यादेशमार्फत प्रस्ताव गरिएको छ ।

१६ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पेस गरेको छ । प्रस्तावित अध्यादेशमा परिषद्को गणपुरक संख्या र निर्णय प्रक्रियामा परिवर्तन गर्ने व्यवस्था गरिएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अब प्रधानमन्त्रीसहित तीनजना पदाधिकारीले दिएको राय नै निर्णायक हुने व्यवस्था अध्यादेशमार्फत प्रस्ताव गरिएको छ ।

नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रधानन्यायाधीश पद रिक्त भएमा कानुनमन्त्री सदस्यका रूपमा सहभागी हुने प्रावधान पनि छ ।

यसअघि लागू ऐनअनुसार परिषद्का छ सदस्यमध्ये प्रधानमन्त्रीसहित कम्तीमा चार जना उपस्थित भए बैठक गणपुरक मानिने र निर्णय सर्वसम्मतबाट गर्ने व्यवस्था थियो । पहिलो बैठकमा सहमति नभए दोस्रो बैठकमा पनि सहमतिबाटै निर्णय गर्ने प्रावधान थियो । त्यहाँ पनि सहमति हुन नसके सम्पूर्ण सदस्यको बहुमत अर्थात् कम्तीमा चार जनाको मतबाट निर्णय हुने व्यवस्था थियो ।

यसअघि पनि सरकारका पालामा संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधनका लागि पटक–पटक अध्यादेश जारी गरिएको थियो । तर संसदबाट पारित हुन नसक्दा कानुनी अन्योलता रहँदै आएको थियो ।

हाल परिषद्को संरचना हेर्दा प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी पृष्ठभूमिबाट आएका छन् भने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल माओवादी पृष्ठभूमिका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बे नेपाली कांग्रेसका हुन् भने उपसभामुख रुवी कुमारी श्रम संस्कृति पार्टीबाट निर्वाचित सांसद हुन् ।

परिषद्का छ सदस्यमध्ये केही सदस्य विपक्षी धारमा देखिएकाले निर्णय प्रक्रियामा जटिलता हुन सक्ने अनुमान गरिएको छ । त्यसैलाई ध्यानमा राख्दै गणपुरक संख्या र निर्णय प्रक्रिया परिवर्तन गर्ने गरी अध्यादेश ल्याइएको स्रोतको भनाइ छ ।

यसअघि २०७९ फागुनमा संघीय संसदले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले अल्पमतबाट निर्णय हुने व्यवस्था संविधानअनुकूल नहुने भन्दै पुनर्विचारका लागि विधेयक संसदमा फिर्ता पठाएका थिए । त्यसपछि उक्त विधेयकको प्रक्रिया अघि बढेको छैन ।

हाल परिषद्मा सर्वसम्मत निर्णय गर्न कानुनी बाधा नभए पनि फरक मत आएमा कति अनुपातको मत निर्णायक मानिने भन्ने विषयमा कानुनी स्पष्टता नहुँदा सरकारले अध्यादेशमार्फत समाधान खोज्न खोजेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
भ्रष्टाचारको उजुरीमा स्थानीय तह अगाडि, अख्तियारमा परे ३३ हजार ५१९ उजुरी
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
लुम्बिनीमा मन्त्री छनोटलाई लिएर नेकपाभित्रै असन्तुष्टि
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
आशादीप बचत तथा ऋण सहकारी संस्थाको १३औँ वार्षिक साधारण सभा सम्पन्न
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
रसुवामा पुनः बाढीको सूचना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
सेवा नै धर्म: असहाय र विपन्न वर्गको उत्थानमा समुदायको अग्रसरता
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
सङ्घीयतामाथिको प्रहार खतरनाक छ स् बाबुराम भट्टराई
सङ्घीयतामाथिको प्रहार खतरनाक छ स् बाबुराम भट्टराई
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति
थाङपालधाप साना किसान सहकारीको तेस्रो अधिवेशन बाट पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति

तपाईंले छुटाउनुभयो कि?