महालक्ष्मी विकास बैंकले घोषणा गर्यो ७.४८ प्रतिशत लाभांश
डिजिटल चौतारी
Shares
सारांश
- महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.
- ४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
- बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया