श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले

digitalchautari digitalchautari
|
मंगलबार, श्रावण २६, २०८३
|
|
६४५ पटक हेरिएको
Shares
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले श्रमिक र किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
  • मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकमाथिको श्रम शोषण, कार्यस्थलमा हुने दुर्व्यवहार तथा कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ माग गरेकी हुन्।
  • उनले मुलुकको आर्थिक वृद्धिको तथ्यांक प्रस्तुत गर्दा त्यसको आधारमा रहेका श्रमिकहरूको अवस्थालाई बिर्सन नहुने बताइन्।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले श्रमिक र किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकमाथिको श्रम शोषण, कार्यस्थलमा हुने दुर्व्यवहार तथा कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ माग गरेकी हुन्।

उनले मुलुकको आर्थिक वृद्धिको तथ्यांक प्रस्तुत गर्दा त्यसको आधारमा रहेका श्रमिकहरूको अवस्थालाई बिर्सन नहुने बताइन्। विशेषगरी कार्पेट, धागो तथा गार्मेन्ट उद्योगमा कार्यरत महिला श्रमिकहरूले दैनिक १२ घण्टासम्म काम गर्दा पनि मासिक १८ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउने गरेको उनले सदनमा बताइन्।

कार्यस्थलमा श्रमिकहरूले न्यूनतम मानवीय सुविधासमेत नपाएको भन्दै ओलीले श्रम निरीक्षणलाई औपचारिकतामा सीमित नराखी नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन सरकारसँग माग गरिन्। साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।

‘नेपालको नाम विश्व बजारमा पुर्‍याउने श्रमिकहरू नै राज्यको श्रम निरीक्षणबाट ओझेलमा छन्,’ उनले भनिन्, ‘कार्यस्थलमा हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार र रोजगारी गुम्ने डरले आवाज उठाउन नसक्ने श्रमिकका पक्षमा सरकार मौन रहनु दुःखद हो।’

त्यस्तै, सांसद ओलीले देशभर देखिएको कृषि मलको अभावप्रति समेत सरकारको ध्यानाकर्षण गराइन्। सरकारी गोदाममा मल भएर मात्र नहुने भन्दै उनले किसानको खेतसम्म समयमै मल पुग्नुपर्ने बताइन्।

उनले कुन जिल्ला र पालिकामा कति मल पठाइएको हो भन्ने विवरण सरकारले सार्वजनिक गर्नुपर्ने माग गरिन्।

कृषिमन्त्रीले सदनमा मलको अभाव नहुने आश्वासन दिए पनि व्यवहारमा किसानहरू मलका लागि छटपटाइरहेको ओलीले बताइन्। सरकारी तथ्यांकमा ५ लाख ६१ हजार मेट्रिक टनभन्दा बढी मल आपूर्ति भएको देखिए पनि किसानको खेतसम्म मल पुग्न नसकेको भन्दै उनले वितरण प्रणालीमा गम्भीर कमजोरी वा अनियमितता हुनसक्ने प्रश्न उठाइन्।

किसानले समयमा मल नपाउने र श्रमिकले उचित पारिश्रमिक तथा सुरक्षित कार्यस्थल नपाउने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने उनको जोड थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७
काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम
नेपाल पुनर्बिमाको साख घट्यो, बाढीको ठूलो दाबीले बढायो जोखिम
निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?
निर्जीवन बीमा कम्पनीले शेयर बजारमा खन्याए साढे ५ अर्ब, कुनले कति लगानी गरे?
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
सर्पदंशबाट ८ वर्षीया बालिकाको मृत्युबारे बीपी प्रतिष्ठानको स्पष्टीकरण, ‘गम्भीर अवस्थामा ल्याइएको थियो’
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?