कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट

digitalchautari digitalchautari
|
सोमबार, भाद्र ८, २०८३
|
|
५२१ पटक हेरिएको
Shares
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको सर्वोच्चमा छुट्टाछुट्टै रिट

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्।
  • उनीहरूले वारेसमार्फत सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
  • कांग्रेस केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्।
उनीहरूले वारेसमार्फत सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। कांग्रेस केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो। सोही कार्यतालिकालाई आधार बनाएर केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशनको तालिका सार्वजनिक गरेपछि त्यसविरुद्ध देउवा र खड्का अदालत पुगेका हुन्।
देउवा र खड्काले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिका बदर गर्न माग गरेका छन्। विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको यसअघिको निर्णय पुनरवलोकन गर्न माग गर्दै उनीहरूले दिएको निवेदनमा सर्वोच्चले पुनरवलोकनको अनुमति दिइसकेको छ।
उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म महाधिवेशन गर्न नहुने देउवा–खड्कालगायत संस्थापन पक्षको धारणा छ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा रिट आएको पुष्टि गरेका छन्। उनले रिट अध्ययनकै क्रममा रहेको बताए।
यसअघि पनि भदौ ५ गते देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो। तर, रिटमा केही विषय सच्याउनुपर्ने भन्दै उनीहरूले त्यसलाई फिर्ता लगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवाद र सहकार्य: सामाजिक सद्भाव सुदृढ बनाउन सरोकारवालाहरूको साझा निष्कर्ष
संवाद र सहकार्य: सामाजिक सद्भाव सुदृढ बनाउन सरोकारवालाहरूको साझा निष्कर्ष
चैतसम्म ग्लोबल आइएमई बैंकले कमायो रु. ४.४० अर्ब, अन्य सूचक कस्ता ?
चैतसम्म ग्लोबल आइएमई बैंकले कमायो रु. ४.४० अर्ब, अन्य सूचक कस्ता ?
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
कांग्रेस केन्द्रीय सदस्यमा यस्मिन ढुंगानाको उम्मेदवारी घोषणा
सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह
सुकुमबासी र फुटपाथ व्यवसायीमाथि अमानवीय व्यवहार नगर्न सरकारलाई हर्क साम्पाङको आग्रह
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा असोज ९ गते शुक्रबार गर्नुभएको सम्बोधनको पूर्णपाठ
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस

तपाईंले छुटाउनुभयो कि?