सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी

digitalchautari digitalchautari
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी

सारांश

  • सिन्धुपाल्चोकस्थित ऐसेलुखर्क माध्यमिक विद्यालयमा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
  • विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।
  • ​कृषि प्राविधिक धारसमेत सञ्चालित यस विद्यालयमा विद्यार्थीहरूमा कृषि कर्मप्रति विश्वास र रुचि जगाउने उद्देश्यले विशेष शैलीमा वृक्षरोपण गरिएको छ।

सिन्धुपाल्चोकस्थित ऐसेलुखर्क माध्यमिक विद्यालयमा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।
​कृषि प्राविधिक धारसमेत सञ्चालित यस विद्यालयमा विद्यार्थीहरूमा कृषि कर्मप्रति विश्वास र रुचि जगाउने उद्देश्यले विशेष शैलीमा वृक्षरोपण गरिएको छ। कार्यक्रममा कृषि विषय अध्ययनरत विद्यार्थीहरूकै नामबाट बिरुवा रोपिएको छ भने ती बिरुवाहरूको नियमित हेरचाह र संरक्षण गर्ने पूर्ण जिम्मेवारी सम्बन्धित विद्यार्थीलाई नै दिइएको छ।
​वृक्षरोपणका क्रममा विद्यालय हाताभित्र कागती, वडहर, तेजपत्ता र रुद्राक्षलगायतका विभिन्न उपयोगी प्रजातिका बिरुवाहरू रोपिएका छन्।
​इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशीनाथ आचार्यको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सामाजिक व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
​कार्यक्रमका लागि आवश्यक बिरुवाहरू विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका स्थानीय रामप्रसाद गौतम र कृषि उद्यमी तोयानाथ पौडेलले निःशुल्क रूपमा उपलब्ध गराउनुभएको थियो।
​बिरुवा रोपेर मात्र नपुग्ने भएकाले तिनको संरक्षण र गोडमेलमा निरन्तर ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। आफ्नै नाममा रोपिएका बिरुवाको संरक्षण आफैँले गर्नुपर्ने भएपछि विद्यार्थीहरूमा वातावरण संरक्षण र व्यावहारिक कृषि शिक्षाप्रतिको चेतना अझ अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
सरकारलाई कांग्रेसको आरोप : सदाशयतालाई कमजोरी ठानियो
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक: दुई दलको मात्र सुझाव, कांग्रेस अझै अनुपस्थित
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र

तपाईंले छुटाउनुभयो कि?