सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १७, २०८३
|
|
८५७ पटक हेरिएको
Shares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढीप्रभावितको राहतका लागि ७२ लाख रुपैयाँ हस्तान्तरण

सारांश

  • काठमाडौं — रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कुल ७२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
  • ​कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै आफ्ना तर्फबाट ५१ लाख रुपैयाँ योगदान गरेको छ ।
  • यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले संकलन गरेको २१ लाख रुपैयाँ थप गरी कुल ७२ लाख रुपैयाँको एकमुष्ट रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौं — रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कुल ७२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
​कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै आफ्ना तर्फबाट ५१ लाख रुपैयाँ योगदान गरेको छ । यसैगरी, कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले संकलन गरेको २१ लाख रुपैयाँ थप गरी कुल ७२ लाख रुपैयाँको एकमुष्ट रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
​कम्पनीका प्रतिनिधिहरूले सो रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि भइरहेका प्रयासमा बल पुर्‍याउन यो सहयोग उपलब्ध गराइएको हो ।
​विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार र पुनःस्थापनाको कार्यमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
गुट–उपगुटको झमेलामा नलागी लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरौँ : आइतमान तामाङ
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
बाढीपीडितका लागि सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग
उद्योगी शेखर गोल्छा पक्राउ
उद्योगी शेखर गोल्छा पक्राउ
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सिन्धुपाल्चोक–२ बाट ईश्वरी प्रसाद न्यौपानेको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
मुक्तिनाथ विकास बैंकको अटो लोन योजना : ५.५४ प्रतिशत ब्याजदरमा कर्जा, २४ घण्टामै सुविधा
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो
बेत्रावतीमा बाढीको कहर : जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा–गेग्रानको थुप्रो

तपाईंले छुटाउनुभयो कि?