भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, माघ २८, २०८२
|
|
५२८ पटक हेरिएको
Shares
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै भएको स्पष्ट पारेकी छन्।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस समारोहलाईसम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना तथा कानुनी र नीतिगत व्यवस्था हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन्।
  • ‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्दैनौँ,’ उनले भनिन् ।

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै भएको स्पष्ट पारेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस समारोहलाईसम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना तथा कानुनी र नीतिगत व्यवस्था हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन्।

‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्दैनौँ,’ उनले भनिन् ।

उनले प्रत्येक निकाय र कार्यालयका प्रमुखले आफ्नो संस्था भित्र हुने भ्रष्टाचार र घुसखोरीको जिम्मेवारी लिनुपर्ने धारणा राखिन् । भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवारी बोध, चेतना र प्रतिबद्धता राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व तथा सबै सरोकारवालामा आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले जेनजी युवाको अगुवाइमा भदौ २३ र २४ गते भएको आन्दोलनलाई सुशासन र भ्रष्टाचार नियन्त्रणको मूलभूत मागका रूपमा उल्लेख गर्दै त्यसैको जगमा वर्तमान सरकारले नागरिकमैत्री प्रशासन र शासकीय सुधारलाई प्राथमिकतामा राखेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १.०१ करोड सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
सृष्टिको संरक्षण र प्रकृतिप्रतिको दायित्व: पृथ्वीलाई सफा र हराभरा राख्ने सङ्कल्प
३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’
३६ घण्टा जोखिमपूर्ण : विपद् प्राधिकरण र गृह मन्त्रालय रातभर ‘अलर्ट’
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
३७ वर्ष शिक्षण सेवापछि बद्रीप्रसाद नेपालको भव्य विदाइ, विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन
३७ वर्ष शिक्षण सेवापछि बद्रीप्रसाद नेपालको भव्य विदाइ, विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन
प्रदेश ‘क’ सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
प्रदेश ‘क’ सभापतिमा देवप्रसाद बानियाँको उम्मेदवारी
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही

तपाईंले छुटाउनुभयो कि?