असोजसम्म निर्जीवन बीमा कम्पनीले उठाए साढे १५ अर्ब, कुन कम्पनीको कति?
सारांश
- चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्।
- नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा ८ लाख ३६ हजार ७४ वटा बीमालेख जारी गरी कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
- कुल बीमाशुल्क संकलनका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा ८ लाख ३६ हजार ७४ वटा बीमालेख जारी गरी कुल १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
कुल बीमाशुल्क संकलनका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले असोज मसान्तसम्म १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
त्यस्तै, शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थान हासिल गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स १ अर्ब ६० करोड ९९ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।
एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
यसैगरी नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
असोज मसान्तसम्मको तथ्यांकले निर्जीवन बीमा व्यवसायमा सगरमाथा लुम्बिनी, शिखर र हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा रहेको देखाएको छ।

प्रतिक्रिया