निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
१.९K पटक हेरिएको
Shares
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो

सारांश

  • निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।
  • हालै सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले गत आर्थिक वर्षमा कुल ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।
  • अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीहरुले २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।

हालै सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले गत आर्थिक वर्षमा कुल ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीहरुले २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।

यस आधारमा अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमकहरुको दाबी भुक्तानी २१.१६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ९ वटा कम्पनीको दाबी भुक्तानी बढेको छ भने ५ वटा कम्पनीको घटेको छ। रकमका आधारमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स अगाडि देखिएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यसअनुसार कम्पनीको दाबी भुक्तानी ३६.९२ प्रतिशतले बढेको हो।

त्यस्तै, शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ३ अर्ब २ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी ३१.३० प्रतिशतले बढेको छ।

दाबी भुक्तानी रकमका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष २ अर्ब ७६ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी २७.५३ प्रतिशतले बढेको हो।

यता, केही कम्पनीको दाबी भुक्तानी भने घटेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दाबी भुक्तानी ८.९४ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ६.६१ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ३.९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १०.०३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७.७५ प्रतिशतले घटेको छ।

वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुर्‍याएको छ। कम्पनीको दाबी भुक्तानी ५४.४४ प्रतिशतले बढेको हो।

त्यस्तै, रकमका आधारमा सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३० करोड १० लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
बाढीपहिरोपछि भारत र चीनबाट नेपाललाई राहतसँगै उद्धार विशेषज्ञ र उपकरण
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म सहुलियत ऋण प्रस्ताव
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरणसहित महिला आत्मनिर्भरता केन्द्रको ३४औँ साधारण सभा सम्पन्न
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने

तपाईंले छुटाउनुभयो कि?