आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता

digitalchautari digitalchautari
|
सोमबार, कार्तिक ९, २०८३
|
|
३६५ पटक हेरिएको
Shares
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षभित्र गैरआवासीय नेपाली (एनआरएनए) नागरिकताको व्यावहारिक कार्यान्वयनमा देखिएका कानुनी अवरोध हटाउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।
  • सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य तथा बेलायतमा रहेका व्यवसायी एवं समाजसेवी उत्तम नेपालले उपलब्ध गराएको डीएनए किट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।
  • उनले एनआरएनए नागरिकता प्राप्त गरिसकेका नेपालीले समेत आधारभूत अधिकार प्रयोग गर्न असहज हुने अवस्था अन्त्य गर्न कानुनी व्यवस्थाको सूक्ष्म अध्ययन भइरहेको जानकारी दिए।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्षभित्र गैरआवासीय नेपाली (एनआरएनए) नागरिकताको व्यावहारिक कार्यान्वयनमा देखिएका कानुनी अवरोध हटाउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य तथा बेलायतमा रहेका व्यवसायी एवं समाजसेवी उत्तम नेपालले उपलब्ध गराएको डीएनए किट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

उनले एनआरएनए नागरिकता प्राप्त गरिसकेका नेपालीले समेत आधारभूत अधिकार प्रयोग गर्न असहज हुने अवस्था अन्त्य गर्न कानुनी व्यवस्थाको सूक्ष्म अध्ययन भइरहेको जानकारी दिए। आगामी आर्थिक वर्षभित्र वा सम्भव भए त्यसअघि नै समस्या समाधान गर्ने लक्ष्यसहित सरकार अघि बढेको उनको भनाइ थियो।

मन्त्री खनालले सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न सहज हुने वातावरण निर्माणका लागि कानुनी बाधा हटाउन पहल गरिने बताए।

कार्यक्रममा परराष्ट्र सचिव अमृत राईले एनआरएनए नागरिकताको व्यावहारिक प्रयोगमा देखिएका समस्याप्रति सरकार गम्भीर रहेको बताए। केही नेपाल ऐन संशोधनमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिँदै उनले नागरिकता प्राप्त गरेका करिब सात हजार पाँच सय नेपालीले पछि एनआरएनए कार्डमै फर्किनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गरे।

सचिव राईले नागरिकता जारी गरिसकेपछि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा असहज परिस्थिति सिर्जना भएको स्वीकार गर्दै कानुनी आधार तयार गर्ने काम जारी रहेको बताए।

त्यसैगरी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले विदेशमा रहेका नेपाली नेपालको समृद्धि र विकासमा निरन्तर योगदान दिन इच्छुक रहेको बताए। कानुनी जटिलता हटाउन सके नेपालमा लगानी गर्ने वातावरण थप सहज हुने उनको भनाइ थियो।

एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे। आफूले सार्वजनिक रूपमा एनआरएनए नागरिकता लिएको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेको नागरिकताको कार्यान्वयन प्रभावकारी नहुँदा नागरिकता लिइसकेका तथा लिने प्रक्रियामा रहेका नेपाली निराश भएको बताए।

एनआरएनए नागरिकताको व्यावहारिक प्रयोगमा देखिएका कानुनी अवरोध समाधान भए विदेशमा रहेका नेपालीको नेपालसँगको सम्बन्ध थप मजबुत हुनुका साथै लगानी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा हुने प्रतियोगिता नसर्ने मन्त्रीको दाबी
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
जलविरेमा आयोजित  स्वास्थ्य शिविरमा  ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
जलविरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध
राप्रपा सिन्धुपाल्चोकको अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
बाढी–पहिरोमा बेपत्ताको खोजी गर्न भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोली नेपालमा
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता

तपाईंले छुटाउनुभयो कि?